२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टर स्टिकर

२०७४, ७ माघ आईतवार ०८:५२

माघ ७, इलाम | जिल्ला ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरमा ‘रिफ्लेक्टर स्टिकर’ टाँस्न थालेको छ । 

हुस्सु र कुहिरोका कारण राजमार्गमा सवारी साधन एकआपसमा नदेखिएर एक्कासि ठोक्किने स्थिति आउन नदिन ट्राफिकले ट्याक्टरमा रिफ्लेक्टर स्टिकर टाँस्न थालेको हो । ट्राफिकले एक साताको बीचमा तीनसय भन्दा बढी ट्याक्टरमा रिफ्लेक्टर टाँसिसकेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिनुभयो । 

ट्राफिक प्रहरीका अनुसार चिसो मौसममा हुने अधिकांश दुर्घटना ट्याक्टरकै कारण हुने गरेकाले यस्तो अभियान सञ्चालन गरिएको हो । जाडो मौसममा मेचीराजमार्गको सूर्योदयन नगरपालिका र इलाम नगरपालिका क्षेत्रमा बढी हुस्सु लाग्ने हुँदा आवत जावत हुने सवारी साधन नदेखिएर सवारी दुर्घटना हुने गरेकाले ट्याक्टरको अघिपछि नै रिफ्लेक्टर स्टिकर टाँसिएको ट्राफिक प्रहरीले जनाएको छ । 

यसअघि पनि ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत ट्याक्टरबाट हुफर हटाउने, राजमार्गका विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण गर्ने, विद्यार्थीमार्फत सचेतना, सवारी चालकलाई ट्राफिक नियम सम्बन्धी जानकारीजस्ता कार्य गरिएको इञ्चार्ज राईले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश