४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सेमीफाइलनका दुई खेल हुँदै

१४ बैशाख २०७३, मंगलवार १९:१७

प्रकाश धौलाकोटी/ बैशाख १५, तेह्रथुम । तेह्रथुमको बसन्तपुरमा जारी दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सेमीफाइनल चरणका दुई खेल हुदैछन् । आयोजक पाथीभरा युवा सामुदायिक क्लबका अनुसार विहान ११ बजेबाट हुने पहिलो खेलमा जनजागृति युवा क्लब हिले धनकुटा र टिडब्लुवाईसी विराटनगर बीच प्रतिष्पर्धा हुनेछ ।
terhathaum sports - ss

यस्तै दोस्रो खेलमा दोर्जे गियर प्रालि काठमाडौँ र सिंहदेवी युवा क्लब सिधुवा धनकुटाबीच खेल हुने आयोजक क्लबका महासचिव विजय सोदेम्बाले जानकारी दिनुभयो । प्रतियोगिताको फाइनल खेल भने शुक्रबार मात्र हुनेछ । यस अघि मंगलबारको खेलमा बेलबारी फुटबल क्लब मोरङलाई ३–० ले पराजित गर्दै सिंहदेवी युवा क्लब, सिधुवा धनकुटा सेमीफाइनलमा उक्लिएको हो ।

rectangle_banner
जनजागृति युवा क्लब हिलले संखुवासभा फुटबल संघ र टीडब्लुवाईसी विराटनगरले आयोजक पाथीभरा युवा सामुदायिक क्लबलाई ट्राइबेकरमार्फत हराउँदै सेमीफाइनल यात्रा तय गरेका हुन् । यस्तै म्याङलुङ नगरपालिका, तेह्रथुमलाई २–१ ले पराजित गर्दै दोर्जे गियर प्रालि काठमाडौँ सेमीफाइनलमा उक्लिएको थियो ।

बुधबारको पहिलो खेलमा जनजागृत युवा क्लब हिले, विराटनगरको अगाडि कमजोर सावित हुने दर्शकको अपेक्षा छ । तर दोस्रो खेलमा भने तिब्र प्रतिष्पर्धा हुने देखिएको छ । राष्टिय स्तरका प्रतियोगिता खेल्ने मनाङ, थ्रिस्टार, झापा एघार लगायत क्लबका चर्चित खेलाडी सम्मिलित भएकाले यी दुई टिमबीच कडा प्रतिष्पर्धा हुने र यो खेलले दर्शकको ध्यान खिच्ने आयोजक अध्यक्ष मिलन थापाले बताउनुभयो ।
गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेसहित यहाँका पर्यटकीय क्षेत्रको प्रवर्धनकालागि आयोजित प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद