१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाका २२ सरकारी कार्यालय प्रमुखविहीन

९ माघ २०७४, मंगलवार ०२:५५

माघ ९, हुम्ला । हिउँद लागे संगै जिल्ला हिमाली जिल्ला हुम्लाका २२ वटा सरकारी कार्यालयहरु प्रमुख विहीन भएका छन् । 

पुस महिना लागेसंगै जाडो छल्न जिल्ला छाडेका कार्यालय प्रमुखहरु हालसम्म जिल्ला नफर्कदा सरकारी कार्यालयहरु प्रमुख विहीन भएका हुन् । 

हिउँद लागेसंगै कार्यालय प्रमुख विहीन भएका सरकारी कार्यालयहरुमा जिल्ला निर्वाचन, कोष तथा लेखा नियन्त्रण कार्यालय, यारी भन्सार कार्यालय, सिंचाई सब डिभिजन कार्यालय, सिमकोट नागरिक उड्ययन प्राधिकरण, घरेलु उद्योग विकास समिति, खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय, जिल्ला पशुु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले बताए ।

त्यसै गरि कार्यालय प्रमुख नहुने अन्य कार्यालयहरुमा कृषि बिकास बैंक, सिमकोट–हिल्सा सडक आयोजना, महिला तथा बालबालिकाकार्यालय, हिल्दुम विधुत वितरण केन्द्र, नापी, जिल्ला हुलाक कार्यालय, जिल्ला समन्वय समिति, सरकारी वकिल कार्यालय, कारागार शाखा, जिल्ला प्राविधिक कार्यालय, मालपोत र जिल्ला आयुर्वेद रहेको उनले बताए ।

कार्यालय प्रमुखहरु जिल्ला बाहिर रहँदा ती कार्यालय खरिदार तथा कार्यालय सहयोगीका भरमा संचालन भई रहेको समेत प्रजिअ बास्कोटाले बताए ।  केही दिन अगाडी जिल्ला प्रशासन कार्यालयमा बसेको नियमित कार्यालय प्रमुखको बैठकमा १० जना मात्र कार्यालय प्रमुखको उपस्थिती रहेको उनले बताए ।

जाडोमा काम गर्न नसकिने पुरानो मनस्थितीमा कर्मचारी तन्त्रमा परिवर्तन नआउँदा जिल्लामा यस्तो अवस्था आएको स्थानीयबासी बलिराज शाहीले बताए । कार्यालय प्रमुख लामो समयसम्म जिल्लामा नबस्दा जनता भने प्रत्यक्ष रुपमा मारमा परेको उनले बताए । हिउँदमा जिल्लामा नबस्ने कर्मचारकिो मनस्थितीमा परिवर्तन ल्याउनु आवश्यक रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार