२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

हुम्लाका २२ सरकारी कार्यालय प्रमुखविहीन

२०७४, ९ माघ मंगलवार ०२:५५

माघ ९, हुम्ला । हिउँद लागे संगै जिल्ला हिमाली जिल्ला हुम्लाका २२ वटा सरकारी कार्यालयहरु प्रमुख विहीन भएका छन् । 

पुस महिना लागेसंगै जाडो छल्न जिल्ला छाडेका कार्यालय प्रमुखहरु हालसम्म जिल्ला नफर्कदा सरकारी कार्यालयहरु प्रमुख विहीन भएका हुन् । 

हिउँद लागेसंगै कार्यालय प्रमुख विहीन भएका सरकारी कार्यालयहरुमा जिल्ला निर्वाचन, कोष तथा लेखा नियन्त्रण कार्यालय, यारी भन्सार कार्यालय, सिंचाई सब डिभिजन कार्यालय, सिमकोट नागरिक उड्ययन प्राधिकरण, घरेलु उद्योग विकास समिति, खानेपानी तथा सरसफाई सबडिभिजन कार्यालय, जिल्ला पशुु सेवा कार्यालय, जिल्ला कृषि विकास कार्यालय रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद बास्कोटाले बताए ।

त्यसै गरि कार्यालय प्रमुख नहुने अन्य कार्यालयहरुमा कृषि बिकास बैंक, सिमकोट–हिल्सा सडक आयोजना, महिला तथा बालबालिकाकार्यालय, हिल्दुम विधुत वितरण केन्द्र, नापी, जिल्ला हुलाक कार्यालय, जिल्ला समन्वय समिति, सरकारी वकिल कार्यालय, कारागार शाखा, जिल्ला प्राविधिक कार्यालय, मालपोत र जिल्ला आयुर्वेद रहेको उनले बताए ।

कार्यालय प्रमुखहरु जिल्ला बाहिर रहँदा ती कार्यालय खरिदार तथा कार्यालय सहयोगीका भरमा संचालन भई रहेको समेत प्रजिअ बास्कोटाले बताए ।  केही दिन अगाडी जिल्ला प्रशासन कार्यालयमा बसेको नियमित कार्यालय प्रमुखको बैठकमा १० जना मात्र कार्यालय प्रमुखको उपस्थिती रहेको उनले बताए ।

जाडोमा काम गर्न नसकिने पुरानो मनस्थितीमा कर्मचारी तन्त्रमा परिवर्तन नआउँदा जिल्लामा यस्तो अवस्था आएको स्थानीयबासी बलिराज शाहीले बताए । कार्यालय प्रमुख लामो समयसम्म जिल्लामा नबस्दा जनता भने प्रत्यक्ष रुपमा मारमा परेको उनले बताए । हिउँदमा जिल्लामा नबस्ने कर्मचारकिो मनस्थितीमा परिवर्तन ल्याउनु आवश्यक रहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै