२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

करम्दी सामुदायिक वनको आज निर्वाचन हुँदै पुन र थापाको प्यानल चुनावी मैदानमा

२०७२, ६ मंसिर आईतवार १६:४४

सन्तोषकुमार गुप्ता, मंसीर ६, भालुवाङ्ग । देउखुरीको लालमटिया स्थीत करम्दी सामुदायिक वन उपभोक्ता समूह बराखुट्टीको नयाँ नेतृत्वका लागि आज बिहान देखि निर्वाचन हुँदै छ ।

गत असोज १६ गते भएको समूहको १६ औँ बार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनमा नयाँ कार्य समिती चयनमा सर्व सम्मत चयन हुन नसके पछि मंसिर ६ गते आईतबार आज निर्वाचन हुन लागेको हो । कुल ४ सय ३७ उपभोक्ता मतदाता रहेकोमा बिहान ८ देखि दिउँसो १ बजे सम्म भएको मतदानमा जम्मा ३ सय ९३ मत खसेको भए पनि १ वटा मत भने मतदान हुन नपाउँदै बदर भएको निर्वाचन समितीका संयोजक तथा नर्ती ईलाका वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालले जानकारी दिए ।

समूहको अगामी नयाँ नेतृत्वका लागि मनबहादुर पुन अध्यक्ष रहेको १३ सदस्यीय संयुक्त उपभोक्ताको प्यानल र जगतबहादुर थापा अध्यक्ष रहेको ११ सदस्यीय स्वतन्त्रण प्यानल गरी दुई वटा प्यानल चुनावी मैदानमा रहेका छन् । १ बजे सम्म निर्वाचन स्थलमा आई पुग्ने मतदाताहरुलाई मात्र मतदान गर्ने व्यवस्था अन्र्तगत यो समाचार तयार पार्द सम्म मतदान कार्य सकिएको र दिउँसो २ बजे देखि मतगणा शुरु गर्ने गरी आन्तरिक प्रक्रिया शुरु गरिएको निर्वाचन समितीका संयोजक भुसालले बताए ।

अध्यक्ष मनबहादुर पुन राष्ट्रिय जनमोर्चाका तर्फका उम्मेद्धार रहेका छन् । उनलाई राष्ट्रिय जनमोर्चा, नेकपा—माओवादीको पूर्ण समर्थन रहेको छ, भने नेपाली काँग्रेस, एमालेको पनि आंशिक समर्थन रहेको अध्यक्ष पदका उम्मेद्धार पुनले जानकारी दिए । पुनको प्यानलमा राष्ट्रिय जनमोर्चा, नेकपा—माओवादीे, नेपाली काँग्रेस, एमाले र एकिकृत नेकपा माओवादी समर्थित उम्मेद्धारको सहभागी रहेको प्यानल रहेको छ । यता अध्यक्ष जगतबहादुर थापाको प्यानल स्वतन्त्र उपभोक्ताहरुको प्यानल रहेको दावी गरिएको छ ।

थापा एकिकृत नेकपा माओवादी समर्थित उम्मेद्धार हुन, उनको प्यानलमा पनि एकिकृत नेकपा माओवादी, नेपाली काँग्रेस, एमाले समर्थित उम्मेद्धार चुनावी प्यानल रहेको छ । थापाको प्यानललाई एकिकृत नेकपा माओवादी र नेपाली काँग्रेसले पूर्ण समर्थन गरेको छ भने एमाले पनि आंशिक समर्थन रहेको उम्मेद्धार थापाले दाबी गरेका छन् ।

यता सयुक्त उपभोक्ता प्यानलका अध्यक्ष मनबहादुर पुनले निर्वाचन अघि को बिजय हुने भन्ने बिषयमा अहिले केही नबोल्ने, मैले उपभोक्ताहरुको लागि कतिको काम गरेको छु, त्यो त मत परिणामले नै बताउँछ उनले भने । उपभोक्ताहरुको निर्णय नै मेरो सर्व मान्य हुने छ, पुनले भने । सामुदायिक वनको कृयाकलापको बिषयमा समूहको बिधान बमोजिम उपभोक्ताहरु सल्लाह सुझावबाटै बन तथा उपभोक्तामैत्री काम गर्नै पुनले बताए ।

अहिले नै मैले यो गर्छु त्यो गर्छु भन्दैन मलाई एक पटक अवसर पाए उपभाक्ताहरुको चाहना बमोजिम काम गरेर देखाउँछु उनले भने । त्यस्तै चुनावी मैदानमा रहेका आफूलाई स्वतन्त्र प्यानलको अध्यक्ष भनिने जगतबहादुर थापाले आफ्नो पक्षमा अत्याधिक मत रहेकोले बिजय सनिश्चत भएको दावी गरेका छन् । उनले आफू अध्यक्ष भए सामुदायिक वनको अनुहार नै फेर्ने गरी कार्यक्रमहरु सञ्चालन गर्ने, बनको हाता भित्र, सुन्दर फुलबारी, पिकिनिक स्पोट निर्माण, सार्वजनिक कार्याक्रम स्थलको निर्माण र विपन्न तथा गरिब उपभोक्ताहरुको आय—आर्जनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन