४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

विराटनगर र काठमाडौँ फाइनलमा

१५ बैशाख २०७३, बुधबार ०६:४१

प्रकाश धौलाकोटी/ बैशाख १५, तेह्रथुम । काठमाडौँको दोर्जे गियर प्रालि र बिराटनगरको यातायात मजदुर युवा क्लब (टीडब्लुवाईसी) लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा भएको खेलमा धनकुटाको जनजागृति क्लब निर्धारित समयमा उपस्थित नभएपछि बिराटनगरको यातायात मजदुर युवा क्लब वाकओभर पाएर फाइनलमा पुगेको हो भने सिंहदेवी युवा क्लब, धनकुटालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँको दोर्जे गियर प्रालि फाइनलमा उत्रिएको हो ।

दोर्जेकालागि जर्सी नंं १२ का दिनेश कार्कीले खेलको १८ औँ मिनेटमा पाएको पेनल्टीलाई गोलमा परिणत गरी १–० को अग्रता दिलाए । खेलको ३८ औँ मिनेटमा धनकुटाका जर्सी नं. १० का खेलाडी कर्ण लिम्बुले गरेको उत्कृष्ट गोलबाट खेल बराबरीमा आयो । तर त्यो धेरैबेर टिक्न सकेनँ । ४७ औँ मिनेटमा दोर्जेका पेट्रिक जोनले गरेको गोल नै खेलको निर्णायक बन्न पुग्यो । प्रतियोगिताको फाइनल खेल बैशाख १७ गते शुक्रबार हुने आयोजक पाथीभरा युवा सामुदायिक क्लबले जनाएको छ ।

गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेसहित यहाँका पर्यटकीय क्षेत्रको प्रवर्धनकालागि आयोजित प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी थिए । प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद