२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा चन्दा संकलन गरि मन्दिर निर्माण

२०७४, ११ माघ बिहीबार ०६:५६

माघ ११, तेह्रथुम |तेह्रथुममा चन्दा संकलन स्थानीयवासीले चन्दा संकलन गरेर बहुधार्मिक मालुङ पालुङ मन्दिर निर्माण गरेका छन् । 

जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्मामा सबै धर्मावलम्बीले मान्ने देवीदेवताको मूर्ति पदस्थापन गरी मालुङ पालुङ मन्दिर निर्माण गरिएको हो । मन्दिरको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । किराँत कालदेखि नै मालुङ–पालुङ ढुंगाको रुपमा परिचित धाममा मन्दिर निर्माण गरी स्थानीयवासीले बहुधार्मिक मन्दिरको नाम दिएका हुन् । लिम्बू भाषामा ‘मालुङ’ भनेको आमा ढुंगा र ‘पालुङ’ भनेको बुबा ढुंगा भन्ने अर्थ हुन्छ । 

मन्दिरमा अहिले किराँत धर्मगुरु फाल्गुनन्द, शिव पार्वती, गणेश, बुद्ध, लक्ष्मी र पाथीभरा देवीको मूर्ति राखिएको छ । ताप्लेजुङको पाथीभरा धाममै पुगेर त्यहाँका शिला ल्याएर राखिएकाले यहाँबाट दर्शन गर्न ताप्लेजङसम्म पुग्न नसक्नेले यहीबाट पनि पाथीभरा देवीको दर्शन गर्न सक्ने मन्दिर निर्माण समितिका कोषाध्यक्ष झइन्द्र खनालले बताउनुभयो । 

मन्दिर निर्माणका लागि स्थानीयवासी २१६ जनाले रु ५०० देखि डेढ लाखसम्म रकम संकलन गरेका छन् । मन्दिर निर्माणका लागि रु १० लाख ५५ हजार खर्च भएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन