२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

रुकुममा एम्बुलेन्स नहुँदा बिरामीलाई सास्ती

२०७४, १२ माघ शुक्रबार ०६:२५

माघ १२, रुकुम | जिल्लाको बाँफिकोट गाउँपालिका–६ की २३ वर्षीया विमला खनाल गत माघ ३ गते बिरामी हुनुभयो । 

उपचारका लागि आफन्तले गाउँको मेडिकलमा लगे तर त्यहाँ स्वास्थ्यकर्मीले उपचार सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लैजान सल्लाह दिए । उपचार गर्नका लागि जिल्ला अस्पताल सल्ले ल्याउन आफन्तले एम्बुलेन्सका लागि धेरै सम्पर्क गरे तर पाउन सकेनन् । 

एम्बुलेन्स नपाएपछि खनाललाई रु आठ हजारमा एउटा जिप रिजर्भ गरेर खलंगा ल्याउनुप¥यो । “यो नगरेसम्म श्रीमतीको उपचार सम्भव हुने भएन, कतै पनि एम्बुलेन्स नपाए पछि जिप रिजर्भ गरेर जिल्ला अस्पतालमा ल्याउनुप¥यो” विमलाका श्रीमान् आदर्श खनालले भन्नुभयो । 

यो समस्या उहाँको मात्र नभई केही महिनादेखि रुकुमेलीको साझा समस्या बनेको छ । रुकुम पश्चिम जिल्ला अहिले एम्बुलेन्सविहीन भएको छ । बिग्रिएको लामो समयसम्म पनि एम्बुलेन्सको मर्मत तथा नयाँ एम्बुलेन्सको व्यवस्था नहुँदा बिरामीले सास्ती भोग्न बाध्य भएका छन् । 

यसरी जिल्लामा एउटा पनि एम्बुलेन्स नहुँदा बिरामी ओसारपसारमा समस्या देखिएको छ । एम्बुलेन्स नहुँदा गाउँबाट बिरामीलाई जिल्ला अस्पताल तथा जिल्ला अस्पतालबाट बाहिर रिफर गरिएका बिरामीलाई लैजान समस्या हुने गरेको हो । रुकुम पश्चिममा यसअघि जिल्ला अस्पताल र नेपाल रेडक्रश सोसाइटीको गरी दुईवटा एम्बुलेन्स थिए । तर यतिबेला भने ती दुवै एम्बुलेन्स बिग्रिएर थन्किएपछि यस्तो समस्या सिर्जना भएको हो । 

जिल्लामा भएको एम्बुलेन्स बिग्रिएकाले यस्तो समस्या भएको स्वीकार्दै अब छिट्टै मुसिकोट नगरपालिकाले नयाँ एम्बुलेन्स ल्याउने प्रक्रिया थालिसकेका कारण त्यति बेलासम्म समस्या रहने जिल्ला अस्पताल, सल्ले, रुकुम पश्चिमका प्रमुख डा सविन पोख्रेलले बताउनुभयो । 

उहाँका अनुसार जिल्लाका बाँफिकोट गाउँपालिका र चौरजाहारी नगरपालिका पनि छिट्टै एम्बुलेन्स खरिदको प्रक्रियामा रहेकाले छिट्टै यसको समस्या समाधान हुनेछ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला