२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ: संघीयताबारे बौद्धिक विमर्श

१४ माघ २०७४, आईतवार ०६:११

 माघ १४, बागलुङ | यहाँका जनप्रतिनिधि, राजनीतिकर्मी, नागरिक अगुवा, अध्यापक लगायतले संघीयता कार्यान्वयनमा सही विधि अपनाउनुपर्नेमा जोड दिएका छन् । 

धवलागिरि बहुमुखी क्याम्पसको समाजशास्त्र÷मानवशास्त्र विभागले शनिबार आयोजना गरेको ‘संघीयता, विकास र जनअपेक्षा’ विषयक बहस कार्यक्रममा सो कुरामा जोड दिइएको हो । संघीयताका राम्रा, नराम्रा दुवै पक्ष हुने हुँदा यसको कार्यान्वयनमा सावधानी अपनाउनुपर्ने सहभागीको भनाइ थियो । 

क्याम्पसको समाजशास्त्र÷मानवशास्त्र विभागका पूर्वप्रमुख मनबहादुर खत्रीले संघीयता संवेदनशील विषय भएकाले प्रक्रियासम्मत र जनअपेक्षाबमोजिम संघीयता अघि नबढे दुर्घटना निम्तिने बताउनुभयो । “संघीयताको सही व्यवस्थापन नभए मुलुक जातीय, क्षेत्रीय द्वन्द्वमा फस्न सक्छ”, उहाँले भन्नुभयो । 

नेपाल महिला संघकी जिल्ला अध्यक्ष शकुन्तला शर्माले संघीयताले नागरिकलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताउनुभयो । उहाँले नागरिकका अपेक्षा स्वाभाविक हिसाबले बढिरहेको भन्दै त्यसको परिपूर्ति अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्नुभयो । 

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष अम्मर थापाले आफ्नो पार्टीले असहमतिसहित संघीयता स्वीकारेको बताउनुभयो । 

नागरिक समाजका जिल्ला संयोजक काजी गाउँले श्रेष्ठले संघीयता आफैमा राम्रो, नराम्रो नहुने भन्दै यसको कार्यान्वयनको विधि प्रमुख रहेको बताउनुभयो । विधि र प्रक्रिया खराब हुँदा विश्वका कतिपय मुलुकमा संघीयता असफल भएको उहाँले दृष्टान्त दिनुभयो । सुशासन, पारदर्शिता, जनउत्तरदायी शासन प्रणाली जस्ता विषयसँग जोडेर संघीयतामाथि बहस हुनुपर्ने उहाँको तर्क छ । “संघीयता अभ्यासमा आएको छ, यसको परिणाम हेर्न बाँकी नै छ”, संयोजक श्रेष्ठले भन्नुभयो, “संघीयता आयो भन्दैमा अधिकार र विकास आइहाल्ने भन्ने हुँदैन ।” 

नागरिक अगुवा केवी रानामगरले संघीय व्यवस्थामा विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । उहाँले विकासको स्वरुप बदल्नुपर्ने सुझाव दिनुभयो । विकासका अमूर्त कुरा र भाषण गरेर मात्र विकास नहुने भन्दै ठोस योजना बनाएर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । चुनावमा जाँदा दलहरुले अनावश्यक आश्वासन बाँड्दा पनि नागरिकको आकांक्षा बढेको उहाँको बुझाइ छ । 

नेकपा (एमाले)का जिल्ला सचिव लालबहादुर थापाले संघीयताको व्यावहारिक कार्यान्वयनमा जोड दिनुभयो । उहाँले संविधानले निदृष्ट गरेअनुसार मुलुक संघीय संरचनामा गइसकेको भन्दै यसको सफल कार्यान्वयमा सबै लाग्नुपर्ने बताउनुभयो । बागलुङ नगरापलिका–२ का अध्यक्ष जीवन आचार्यले संघीयता कार्यान्वयनमा जनप्रतिनिधि बढी जिम्मेबार रहेको बताउनुभयो । 

उहाँले कम अनुभव र कतिपय नीतिगत अस्पष्टताले स्थानीय तहका जनप्रतिनिधिलाई काम गर्न कठिनाइ भइरहेको स्वीकार गर्नुभयो । अध्यक्ष आचार्यले स्थानीय तह अधिकार सम्पन्न रहेकोले जनअपेक्षा सम्बोधन गर्ने गरी काम गर्न आफूहरु तयार रहेको उल्लेख गर्नुभयो । विभागले बागलुङ नगरपालिका–१० भकुण्डेमा ‘संघीयता, विकास र जनअपेक्षा’ विषयमा प्राज्ञिक अध्ययन गर्ने तयारी पनि गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य