१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको जिल्ला अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित

१४ माघ २०७४, आईतवार ०८:४०

माघ १४, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको एक मात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा चिकित्सक नहुँदा प्रसूति सेवा प्रभावित भएको छ । 

अस्पतालमा साउनदेखि अहिलेसम्म सम्बन्धित विषयका दक्ष चिकित्सक छ्रैनन् । दक्ष चिकित्सक नहुँदा साधारण प्रसूति सेवाबाहेक शल्यक्रियाबाट प्रसूति सेवा दिन नसकिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिनुभयो । 

पटक पटक मन्त्रालय, विभाग र परिवार स्वाथ्य महाशाखालगायत सबै निकायमा पत्राचार गरिए पनि दक्ष चिकित्सक पठाइएको छ्रैन । अस्पतालमा मासिक रुपमा करिब १६० जनाले प्रसूति सेवा लिने गरेको तथ्यांक छ । अहिले अस्पतालबाट सामान्य प्रसूति सेवाबाहेक अन्य शल्यक्रियाबाट दिइने प्रसूति सेवा पूर्ण रुपमा बन्द भएको जनाइएको छ । 

एक सय आठ वर्षअघि स्थापित अस्पताल १५ शय्या हुँदै २५ र २५ शय्या हुदै अहिले ५० शय्यामा स्तरोन्नति गरिएको एक वर्ष बितिसक्दा पनि विशेषज्ञ सेवा सञ्चालन हुन सकेको छैन । विशेषज्ञ चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको अस्पतालमा हाल नौ जना मात्र चिकित्सक छन् । एकाउन्न स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा ३० मात्र कर्मचारी छन् । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार