१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा अदुवा भण्डारण गर्ने नयाँ प्रविधि

१४ माघ २०७४, आईतवार १०:५२

माघ १४, सल्यान | कपुरकोटस्थित राष्ट्रिय अदुवाबाली अनुसन्धान केन्द्रले अदुवा भण्डारणका लागि नयाँ प्रविधिको विकास गरेको छ । 

अदुवा भण्डारणका लागि उचित तरिका अपनाउन नसक्दा २० प्रतिशत अदुवा भण्डारणमै कुहिने भएकाले नयाँ प्रविधिको विकास गरिएको हो । 

परम्परागत तरिकाबाट अदुवा भण्डार गर्दा टुसा चाँडो उम्रने, ढुसी लाग्ने तथा तौल घट्नेजस्ता समस्या निराकरणका लागि ‘काँचो इँटाको भकारी भण्डारण’को विकास गरिएको उक्त केन्द्रले जनाएको छ । 

ताजा अदुवामा ८५ प्रतिशतसम्म पानीको मात्रा हुने भएकाले अदुवा भण्डारण गर्दा सुक्ने, चाउरिने र छिट्टै टुसा आएर गुणस्तर घट्ने  हुँदा सुरक्षित भण्डारणका लागि यस्तो भकारीमा भण्डार गर्न कृषकलाई सिफारिस गरेको राष्ट्रिय अदुवा बाली अनुसन्धान केन्द्रका बाली वैज्ञानिक प्रमोद वाग्लेले जानकारी दिनुभयो । 

“हामीले भकारी भण्डारण प्रविधिको विकास गरेर कृषि विकास मन्त्रालय र किसानलगायतलाई जानकारी गराएका छौँ र यो प्रविधि किसानका लागि पनि प्रभावकारी भएको छ। 

यस प्रविधि कोठाभित्र गरिने हुँदा घर बाहिर खाडल भण्डारणभन्दा सुरक्षित हुने र प्रत्येक वर्ष निर्माण खर्च पनि लाग्दैन वैज्ञानिक वाग्लेले भन्नुभयो, “यस प्रकारको भकारी निर्माण गर्दा गोबर र माटोको समिश्रणबाट बनेको काँचो इँटा प्रयोग गर्नुपर्छ, इँटा सुकिसकेपछि क्रमशः माटोले जोडी आवश्यकताअनुसारको भकारीको आकार निर्माण गर्नुपर्छ । 

सामान्यतया एक मिटर उचाइ, एक मिटर लम्बाइ र एक मिटर चौडाइ भएको भकारीमा २५० देखि ३०० किलो अदुवा भण्डारण गर्न सकिने केन्द्रका प्राविधिक खेमराज शर्माले जानकारी दिनुभयो । भकारी निर्माण भइसकेपछि बालुवा १० सेन्टिमिटर र अदुवा २५ सेन्टिमिटरले क्रमशः राखी त्यसमाथि १० सेन्टिमिटर बालुवा राखी प्लास्टिकले छोप्नुपर्ने रेग्मीको भनाइ छ । यस प्रविधि अपनाएर मंसिरदेखि चैत, वैशाखसम्म सुरक्षित अदुवा भण्डारण गर्न सकिने पनि उहाँको भनाइ छ । 

बीउ प्रयोजनका लागि अदुवाको सुरक्षित भण्डारण नभएमा लामो टुसा आई बीउको गुणस्तर घट्न गई दरिलो र पुष्ट बिरुवा उम्रनमा प्रत्येक्ष असर पुग्ने वैज्ञानिकको भनाइ छ । 

समुद्री सतहदेखि एक हजार ४८० मिटर अग्लो स्थानमा रहेको अदुवा बाली अनुसन्धान कार्यक्रम कपुरकोटले सञ्चालन गरेको परीक्षणको नतीजाअनुसार कोठाभित्र भकारीमा अदुवा भण्डारण गर्दा उपयुक्त हुने देखिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार