२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा दश वटा झोलुंगे पुल निर्माण हुँदै

१५ माघ २०७४, सोमबार ०६:१६

माघ १५, इलाम | इलाममा चालू आवमा १० वटा झोलुंगे पुल निर्माण हुने भएका छन् । 

जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालयको सहयोगमा निर्माण हुने झोलुंगे पुलमा इलामकै सुनगाभा विकास संस्था र धरानको टुेल ब्रिज सपोर्ट युनिट (टिबीएसयु)को प्राविधिक संलग्नता रहेको छ । 

सो पुलका लागि रु तीन करोड ७२ लाख ३७ हजार निकासा भएको छ । सुनगाभाका असिष्टेण्ट सव–इञ्जिनियर रोशन सुब्बाका अनुसार इलामका १० स्थानमा ती पुल बनाउन स्थानीयस्तरमा उपभोक्ता समिति गठन भइसकेका छन् । सव–इञ्जिनियर सुब्बाका अनुसार सूर्योदय र इलाम नगरपालिकामा एक÷एक वटा, सन्दकपुर गाउँपालिकामा तीन वटा, फाकफोकथुम र रोङ गाउँपालिकामा दुई÷दुई वटा तथा माइजोगमाई गाउँपालिकामा एउटा पुल निर्माण हुनेछन् । 

सूर्योदय नपाको गोर्खे र पशुपतिनगर जोड्ने मयुँ खोलामा मयुँघाट झोपु रु ३६ लाख ३४ हजारको लागतमा निर्माण हुनेछ । त्यस्तै इलाम नगरपालिका–३ को साविक पुवामझुवा गाविस वडा नम्बर ३ र ६ जोड्ने सानो पुवाखोलामा भागेटार झोलुंगे पुल रु २३ लाख १८ हजारमा निर्माण हुनेछन् । 

रोङ गाउँपालिकाको साविक इरौँटार गाविस र झापाको शान्तिनगर जोड्ने ठोट्ने टिमाइ खोलामा प्युरे झोपु रु ४५ लाख ७८ हजारमा निर्माण हुने भएको छ । त्यस्तै सन्दकपुर गाउँपालिकाको मावु र माईमझुवा जोड्ने माइखोलामा दुई स्थानमा (चौडा दोभान झोपु र लिम्बूबारी झोपु) निर्माण हुने भएका छन् । त्यहाँ चौडा दोभानका लागि रु २८ लाख ४८ हजार र लिम्बूबारीका लागि रु २६ लाख ५८ हजार बजेट छुट्टयाइएको छ । 

सन्दकपुर गापाकै साविक जमुना गाविस ३ र मावु गाविस ६ जोड्ने धुँवा खोलामा खुदी झोलुंगे पुल रु ३३ लाख १६ हजारको लागतमा निर्माण हुने भएको हो । यता फाकफोकथुम गाउँपालिकाको फुँएतप्पा र लुम्दे जोड्ने थावा खोलामा रिठ्ठाबोटे झोलुंगे पुल निर्माण हुने भएको छ । 

उक्त पुलका लागि रु ४० लाख ८२ हजार बजेट रहेको छ । त्यसैगरी साविक जोगमाई गाविस वडा नम्बर ६ को बीचमा पर्ने ठोट्ने खोलामा चैतेदोभान झोलुंगे पुल रु ४३ लाख ८४ हजारको लागतमा बन्ने भएको छ । 

रोङ गाउँपालिकाको साविक इरौँटार गाविस ६ र जिर्मले गाविस ९ जोड्ने तेलपानी खोलामा पनि पुल बन्नुभएको छ । रु ७१ लाख तीन हजारको लागतमा बन्ने उक्त पुल झोलुंगे नभएर सस्पेन्सन बृज हुने जनाइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य