२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

घोराही उपमहानगरपालिकाभित्र एक वडामा एक स्वास्थ्य केन्द्र

१५ माघ २०७४, सोमबार ०९:१३

माघ १५, दाङ | घोराही उपमहानगरपालिकाभित्रका नगरवासीले अब आफ्नै वडाबाटै स्वास्थ्य सेवा पाउने भएका छन् । 

नगरवासीलाई स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले प्रथम नगरसभाबाट पारित ‘एक वडा, एक स्वास्थ्य केन्द्र’ नीतिअनुसार अब प्रत्येक वडामा नगर स्वास्थ्य केन्द्र रहने भएको हो । उपमहानगरभित्र रहेका १९ वटै वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालन गरी स्थानीयवासीलाई आफ्नै वडामा सहज रुपमा स्वास्थ्य सेवा पुर्याउने योजनाअनुरुप बाँकी रहेका ठाउँमा नयाँ स्वास्थ्य केन्द्र स्थापना गरिने भएको छ । सो बमोजिम वडा नं १ मा काडाखुटी नगर स्वास्थ्य केन्द्र, वडा नं १७ मा हरिद्वार नगर स्वास्थ्य केन्द्र, वडा नं ६ मा फचकपुर नगर स्वास्थ्य केन्द्र, वडा नं ३ मा झिंगनी नगर स्वास्थ्य केन्द्र, वडा नं १५ मा नेपाल परिवार नियोजन संघ नगर स्वास्थ्य केन्द्र रहने भएको घोराही उपमहानगरपालिकाले जनाएको छ । 

त्यस्तै नगर स्वास्थ्य केन्द्रका लागि नयाँ भवन निर्माण गर्न छ वटा नगर स्वास्थ्य केन्द्रका लागि रु ६० लाख बजेट विनियोजन गरिएकाले वडा नं १८ स्थित हत्तीखर्क नगर स्वास्थ्य केन्द्र, हरिद्वार नगर स्वास्थ्य केन्द्र, फचकपुर स्वास्थ्य केन्द्र र आन्द्राभरैया नगर स्वास्थ्य केन्द्र, शिवपुर नगरस्वास्थ्य केन्द्रका लागि रु ११ लाखका दरले तथा घोरदौरा नगर स्वास्थ्य केन्द्रका लागि रु पाँच लाख बजेट छुट्याइएको छ । 

यसैगरी प्रथम नगरसभाबाटै पारित वडा नं १ मा हर्नोक बाह्य खोपकेन्द्र, वडा नं १९मा पाँचपोखरी बाह्य खोप केन्द्र र दक्षिण तेघरा बाह्य खोपकेन्द्र रहने भएको छ । घोराही उपमहानगरपालिकाले यिनै खोप केन्द्र निर्माणका लागि प्रत्येक खोप केन्द्रमा रु तीन लाख बजेट छुट्याइएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ