२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

लालीगुराँस गोल्ड कप काठमाडौँलाई

२०७३, १७ बैशाख शुक्रबार ०७:१०

प्रकाश धौलाकोटी । बैशाख १७, तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुरमा आज सम्पन्न दोश्रो लालीगुराँस गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि काठमाडौँको दोर्जे गियर प्रालिले चुमेको छ ।

बिराटनगरको यातायात मजदुर युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै दोर्जेले यो संस्करणको गोल्ड कप उचाल्नुकासाथै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ । हारसँगै उपविजेता बनेको बिराटनगरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । उपाधिकालागि भएको फाइनल खेल निकै प्रतिष्पर्धात्मक र आक्रामक बनेको थियो ।

खेलको ६० औँ मिनेटमा दोर्जेका गणेश खड्का र मजदुर क्लबका सन्जय राईले एक साथ रातो कार्ड पाएर बाहिरिएपछि खेलको रुप बद्लियो । अन्ततः दोर्जेकालागि खेलको ६३ औँ मिनेटमा जर्सीं नं. ८ का राजु पौडेलले गरेको गोल नै निर्णायक बन्यो । प्रतियोगितामा दोर्जे गियर प्रालि काठमाडौँका मुस्सा बल्लभ प्लेयर अफ द टुर्नामेन्ट घोषित भए ।

दोर्जेकै राज नगरकोटीले बेस्ट किपर र विदेशी खेलाडी मार्टिन बेस्ट मिडफिल्डर बनेँ । प्रतियोगिता अवधिभरमा सर्वाधिक गोल कर्ताको रुपमा सिंहदेवी युवा क्लब धनकुटाका कर्ण लिम्बु र बेस्ट डिफेन्डरको रुपमा दोर्जे गियर प्रालिका सुसन लामा पुरस्कृत भए । प्रतियोगितामा इमान्दार खेलाडीको रुपमा यातायात मजदुर युवा क्लब विराटनगरका राजन लिम्बु पुरस्कृत भएका छन् ।

गुराँस पर्यटनको प्रवर्धनकालागि ०५६ सालबाट राष्ट्रिय लालीगुराँस संरक्षण व्यवस्थापन समितिको संयोजनमा सुरु भएको प्रतियोगितालाई स्थानीय पाथीभरा युवा सामुदायिक क्लबले यो वर्षबाट निरन्तरता दिएको हो । पुर्वी पहाडी जिल्ला तेह्रथुमकै सर्वाधिक राशीको प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी थिए । विजयी टिम तथा खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पुरस्कार विरतण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन