१९ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि कंकाल भेटियो

१६ माघ २०७४, मंगलवार ०५:५४

माघ १६, तेह्रथुम | तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ । 

म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो । 

जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बूको एउटा नली खुट्टाको हड्डी र टाउकोको कंकाल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक वासुदेव यादवले बताउनुभयो । 

लिम्बू झुण्डिएको पात्लेको हाँगासमेत लाछिएर भुइँमा झरेको अवस्थामा डोरीसहित कंकाल भेटिएको र कंकालसँगै रहेको कमिज, चप्पल र ज्याकेट तथा ज्याकेटको गोजीमा रहेको लिम्बूको नागरिकताको आधारमा परिचय खुलेको घटनास्थलमा पुगेका प्रहरी नायब निरीक्षक केशर खत्रीले बताउनुभयो । नागरिकता भने प्लाष्टिकमा पोको पारिएकाले जस्ताको त्यस्तै भेटिएको छ । 

सोमबार साँझ स्थानीयले कंकाल भेटाएपछि प्रहरीलाई खबर गरेका थिए । सोबारे आज बिहानै घटनास्थल पुगेर प्रहरीले थप अनुसन्धान तथा प्रक्रिया पुर्याई कंकाल परिवारलाई हस्तान्तरण गर्ने तयारी गरिरहेको निमित्त प्रहरी प्रमुख यादवले बताउनुभयो । 

लिम्बू गएको वैशाख महिनादेखि बेपत्ता थिए । परिवारले वैशाखमा बेपत्ता भएको उजुरी प्रहरीमा गरेको थियो । उनको नागरिकतासहित कंकाल भेटिएको साथै छोरा शान्त लिम्बूले बाबुले लगाएको कमिज र चप्पलको आधारमा चिनेकाले लिम्बूको पहिचान प्रष्ट भएको हो । लिम्बू मानसिक रुपमा समेत रोगी रहेको परिवारले बताएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार