२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा भूकम्प पीडितको आवास निर्माणका लागि सडक

१६ माघ २०७४, मंगलवार १२:१४

माघ १६, दोलखा | बैतेश्वर गाउँपालिका–७ मार्बु रिमालगाउँदेखि नागदह जोडिएको ग्रामिण कृषि सडक निर्माण भएको छ । 

भूकम्प पीडितको आवास निर्माणका लागि नागदहबाट आवश्यक पर्ने निर्माण सामग्री जस्तै बालुवा गिट्टी ढुवानीमा सहयोग पुर्याउने उद्देश्यले सो सडक निर्माण गरिएको हो । 

बैतेश्वर गाउँपालिकाले सो सडक निर्माणका लागि रु १० लाख बजेट बिनियोजन गरिएको हो । सो सडक तीन किलोमिटर लम्वाईको रहेको बैतेश्वर गाउँपालिका–७ का वडाध्यक्ष रेशम रिमालले बताउनुभयो । 

२०६६ सालमा यो सडक निर्माण कार्य शुरु गरिए पनि विभिन्न समयमा रोकिएकाले यसपटक गन्तव्यमा पुर्याइएको उपभोक्ता समितिका अध्यक्ष डिल्लीनाथ रिमालले बताउनुभयो । पटक पटक गरी यो सडक निर्माणका लागि रु २७ लाख खर्च भएको उहाँले बताउनुभयो । 

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले बैतेश्वर गाउँपालिका–७, मार्बु रिमालगाउँ सो सडकको उद्घाटन गर्दै यो सडकको निर्माणले भूकम्प पीडितको आवास निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

“बालुवा–गिट्टीको अभावका कारण भवन निर्माणमा समस्या झेलिरहेका भूकम्प पीडितका लागि यो ग्रामीण कृषि सडकले ठूलो सहयोग पुर्याउँछ, प्रदेशसभा सदस्य विशाल खड्काले भन्नुभयो – यहाँको बालुवा–गिट्टीले गौरिशंकर गाउँपालिका र बैत्यश्वर गाउँपालिकामा भवन निर्माणका लागि ठूलो सहयोग मिल्नेछ ।” 

बैतेश्वर गाउँपालिका–७ ले प्रतिघनमिटर रु १४५ कर लिई बालुवा–गिट्टी–रोडा झिक्न दिने समेत वडाध्यक्ष रिमालले बताउनुभयो । यो ग्रामिण कृषि सडक भीमेश्वर नगरपालिका–२ सँग जोडिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल