२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा भूकम्प पीडितको आवास निर्माणका लागि सडक

२०७४, १६ माघ मंगलवार १२:१४

माघ १६, दोलखा | बैतेश्वर गाउँपालिका–७ मार्बु रिमालगाउँदेखि नागदह जोडिएको ग्रामिण कृषि सडक निर्माण भएको छ । 

भूकम्प पीडितको आवास निर्माणका लागि नागदहबाट आवश्यक पर्ने निर्माण सामग्री जस्तै बालुवा गिट्टी ढुवानीमा सहयोग पुर्याउने उद्देश्यले सो सडक निर्माण गरिएको हो । 

बैतेश्वर गाउँपालिकाले सो सडक निर्माणका लागि रु १० लाख बजेट बिनियोजन गरिएको हो । सो सडक तीन किलोमिटर लम्वाईको रहेको बैतेश्वर गाउँपालिका–७ का वडाध्यक्ष रेशम रिमालले बताउनुभयो । 

२०६६ सालमा यो सडक निर्माण कार्य शुरु गरिए पनि विभिन्न समयमा रोकिएकाले यसपटक गन्तव्यमा पुर्याइएको उपभोक्ता समितिका अध्यक्ष डिल्लीनाथ रिमालले बताउनुभयो । पटक पटक गरी यो सडक निर्माणका लागि रु २७ लाख खर्च भएको उहाँले बताउनुभयो । 

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले बैतेश्वर गाउँपालिका–७, मार्बु रिमालगाउँ सो सडकको उद्घाटन गर्दै यो सडकको निर्माणले भूकम्प पीडितको आवास निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

“बालुवा–गिट्टीको अभावका कारण भवन निर्माणमा समस्या झेलिरहेका भूकम्प पीडितका लागि यो ग्रामीण कृषि सडकले ठूलो सहयोग पुर्याउँछ, प्रदेशसभा सदस्य विशाल खड्काले भन्नुभयो – यहाँको बालुवा–गिट्टीले गौरिशंकर गाउँपालिका र बैत्यश्वर गाउँपालिकामा भवन निर्माणका लागि ठूलो सहयोग मिल्नेछ ।” 

बैतेश्वर गाउँपालिका–७ ले प्रतिघनमिटर रु १४५ कर लिई बालुवा–गिट्टी–रोडा झिक्न दिने समेत वडाध्यक्ष रिमालले बताउनुभयो । यो ग्रामिण कृषि सडक भीमेश्वर नगरपालिका–२ सँग जोडिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै