२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा अंग्रेजी माध्यमले सामुदायिक विद्यालयको आकर्षण बढ्दो

१६ माघ २०७४, मंगलवार १२:१९

पुरुषोत्तम सुवेदी / माघ १६, नवलपरासी | केही वर्षयता अध्ययनका लागि नवलपरासीका सामुदायिक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्न थालेको छ । सरकारी स्वामित्वमा रहेका सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्ययमा पढाइ शुरु गरेपछि ती विद्यालयहरुमासमेत विद्यार्थीको आकर्षण बढेको हो । 

नवलपरासी– (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी –(बर्दघाट सुस्ता पश्चिम) दुबै जिल्लाका करिब ५० प्रतिशत सामुदायिक विद्यालयले अहिले अंग्रेजी माध्यममा पठाइ शुरु गरिसेकेको जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कुमालले जानकारी दिनुभयो । 

विद्यालयको स्तर र स्रोत साधनअनुसार न्यूनतम कक्षा १ देखि कक्षा ८ सम्म अंग्रेजी माध्ययममा सामुदायिक विद्यालयहरुमा पठनपाठन भइरहेका छन् । पछिल्लो पटक निजी विद्यालयमा विद्यार्थीको मोह हुने र सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएका कारण पछि नवलपरासीका पनि केही सामुदायिक विद्यालयले अंग्रेजी माध्यममा पढाइ शुरु गरेपछि यसले ब्यापकता पाउदै गएको हो । 

पूर्व नवलपरासी र पश्चिम नवलपरासी गरी दुई जिल्ला पाँच सय २३ वटा सामुदायिक विद्यालयमध्ये करिब ५० प्रतिशत सामुदायिक विद्यालयले अंग्रेजी माध्यमको पठाइ थालिसकेका छन् भने राजमार्ग क्षेत्रका अधिकाशं विद्यालयले पनि अंग्रेजी माध्यमयमै पठनपाठन शुरु गरिसकेका छन् । 

राजमार्ग क्षेत्रको तुलनामा ग्रामीण र दक्षिणी क्षेत्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्ययमा पठनपाठन गराउने विद्यालयको संख्या भने न्युन छ । 

अंग्रेजी माध्यम पठनपाठनसमेत शुरु गरेका सामुदायिक विद्यालयमध्ये केही विद्यालयले निजी विद्यालय सरह टाई, बेल्ट, जुत्ता अनिवार्य गरेपछि सामुदायिक विद्यालयमा विद्यार्थीको झन आकर्षण बढेको पाइन्छ । 

पश्चिम नवलपरासीको महाकवी देवकोटा मावी सुनवलमा अध्ययन गर्ने विद्यार्थी टाई, बेल्ट, जुत्तामा सजिएर हिँड्दा आजभोलि अभिभावक खुशी भएका छन् । अझ जिल्लामै सम्वभत्: सबैभन्दा माथिल्लो तहसम्म विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको विद्यालयको दाबी छ । 

विद्यालयका सबै तहसम्म अंग्रेजीमाध्यममा पठनपाठन गरेपछि विद्यार्थीको आकर्षण निकै बढेको विद्यालय सञ्चालन समितिका अध्यक्ष ज्ञानहरि अर्यालको भनाइ छ । केहीवर्ष पहिलेसम्म सरकारी विद्यालयमा आफ्ना छोराछोरी अध्ययन गर्छन् भन्न हिचकिचाउने अभिभावकले अहिले धमाधम निजीबाट सामुदायिकमा आफ्ना छोराछोरी भर्ना गरिरहेका छन् । 

टाई, बेल्ट र जुत्तामा सजिनुका साथै अंग्रेजी माध्यमकै अध्ययन अध्यापन हुनथालेपछि जिल्लामा सामुदायिक विद्यालयको शैक्षिकस्तर पनि उकासिएको छ । 

पूर्वी नवलपरासीको कावासोतीस्थित शिव माध्यमिक विद्यालयमा पनि अंग्रेजी माध्ययमबाट अध्यापन शुरु गरेकै कारण विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । विगतमा ३५० विद्यार्थी रहेको विद्यालयमा अहिले अंग्रेजी माध्यम सञ्चालन भएपछि केही वर्षमा नै एक हजार १०० भन्दा बढी विद्यार्थी अध्यनरत छन् । 

विद्यालयमा विद्यार्थी संख्या घट्दै जान थालेपछि अंग्रेजी माध्यम सञ्चालन गरिएको हो । केहीवर्ष अगाडि निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सामुदायिक विद्यालयलाई हम्मे हम्मे थियो । अहिले आएर अंग्रेजी माध्यम सञ्चालन गरिएपछि निजी विद्यालयसँग हरेक कुरामा सामुदायिक विद्यालय प्रतिस्पर्धा बढेको छ । 

अंग्रेजी कक्षा सञ्चालन गरेकै कारण केहीवर्ष यता सामुदायिक विद्यालय नै एसइई परीक्षामा जिल्ला उत्कृष्ठ हुनेगरेका छन् । अहिले आएर सरकारले उच्च शिक्षामा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेपछि निजी विद्यालयका विद्यार्थीसमेत सामुदायिक विद्यालयमा फर्किएका छन् । 

जिल्लाको भीमसेन मावी रामबासले पहिलो पटक सामुदायिक विद्यालयमा अंग्रेजी शिक्षा सञ्चालन गरेको हो । यहाँ अध्यायन गर्नका लागि रजहर, दलदले, प्रगतिनगर, कावासोतीदेखि पहाडी क्षेत्रका विद्यार्थी समेत आउने गरेका थिए भने अहिले हरेक सामुदायिक विद्यालयले अंग्रेजी कक्षा सञ्चालन गर्न थालेपछि पायकपर्ने विद्यालयमा नै अध्ययन गर्न थालेका छन् । 

जिल्लामा अहिले एक सय ७८ विद्यालयमा अंग्रेजी कक्षा सञ्चालनमा छन् । यी विद्यालयले अंग्रेजीमाध्यमबाट कक्षा सञ्चालन गरेको देखेर छिमेकी जिल्ला पाल्पा, रुपन्देही, कपिलबस्तु र तनहुँका विद्यालयले समेत त्यसको अनुशरण गर्न थालेका छन् । 

पूर्व नवलपरासी जिल्लामा सरस्वती मावी हसौरा, जनता मावी विष्णुनगर, जनक मावी गैँडाकोट, देवचुली मावी रजहर, देवबणचुली रजहर , नेपाल मावी केउरेनी, त्रिभुवन मावी ढोकी, लोकसेवा मावी वसन्तपुर, जनता मावी डण्डा, नवजागरण मावी चोरमारा लगायतका विद्यालयमा अंग्रेजी माध्यमको कक्षा सञ्चालन भएकै कारण विद्यार्थीको संख्या बढेको छ । 

विद्यार्थी संख्याको अनुपातमा सरकारी शिक्षकको अभाव र भौतिक संरचनाको अभाव भने उत्तिकै छ । यस्का लागि पटक÷पटक यी विद्यालयका व्यवस्थापन समिति तथा प्रधानाध्यापक मन्त्रालयसम्म पुग्दा पनि कुनै चासो देखाएको सम्बन्धित विद्यालयले जनाएका छन् । जिल्लामा करिब पाँच सय सामुदायिक विद्यालय भएपनि पर्याप्त पाठ्यपुस्तक, भौतिक संरचना र शिक्षक दरबन्दीका कारण सबै विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न सकेका छैनन। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य