२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

भारतबाट अलपत्र चेलीको उद्धार: भन्छिन्- ‘मलाई कान्छी आमाले फेरी बेच्न पञ्जाब पुर्याउछिन्’

१७ माघ २०७४, बुधबार ०१:२५

माघ १७, कपिलवस्तु | आमाको मृत्यु पश्चात १७ बर्षकी -  किशोरी गुल्मीको रिडी घर बताउने ( पुजा थापा) नाम परिवर्तनको जिबनमा कहाली लाग्दा दिनहरुले  झेल्न थाल्यो कारण उनकै कान्छि आमा थिइन् घर जानुपर्छ भनेपछि आँसुको धारा बग्ने ती अबोध किशोरी बारम्बार मलाई घर नलैजानु मलाई फेरी कान्छी आमाले बेच्न पञ्जाब पुर्याउछिन् भन्ने शब्दले सहजै थाहा पाउन सकिन्छ ती किशोरीलाई चरम पिडा थियो भन्ने ।

किशोरीलाई २०७४/१०/१३ गतेको दिन भारतको  मुल प्रवाह अखिल भारत नेपाल एकता समाज नगर समिती चण्डीगढ अन्तर्गत मोहाली एरीयामा  अलपत्र  अवस्थामा उद्धार गरीएको थियो । उद्धार पश्चात निज चेलीलाई बिगत १० बर्षदेखि मानब बेचबिखन तथा लैंङ्गिक हिंसा बिरुद्ध क्रियाशिल रुपमा काम गर्दै आएको संस्था के.आई. नेपालले संरक्षणमा लिएको छ । संरक्षण पश्चात सोधपुछको क्रममा निज चेलीको केहि बर्ष अगाडी दुर्घटनामा परि आमा र दाईको मृत्यु भएको र उनको  बावाले  दोस्रो बिवाह गरेको खुल्न आएको छ ।  बाबाको बिहे पश्चात निजलाई उनको सौतेनी आमाले हेर्ने दृष्टी राम्रो थिएन निज चेलीको भनाईलाई उद्धत गर्दै “मलाई पहिला पनि भारतको बिहार भन्ने ठाउँमा बेच्ने योजना र अहिले पञ्जाबमा बेच्ने योजना बनाएका थिए तर म भाग्न सफल भए मेरो १ दिदी केहि महिना अगाडी देखी सम्पर्कमा छैनन्” किशोरीले रुँदै बताइन् । आवश्यक प्रकृया र परामर्श पश्चात अझै बास्तविक घटना केहो भन्ने कुरा इ.प्र.का रिडी र त्यहाँको स्थानीय निकायले समेत निगरानीमा राखेको छ । हाल निज किशोरीको बाबा आमा दुबै रिडीमा नरहेको बुझिएको छ ।

बास्तबिक घटनाको बारेमा इप्रका रिडीसंग निरन्तर समन्वय गरि प्रकृया अगाडी बढाउने इ.प्र.का कृष्णनगरका प्रमुख शुभास गैरेले जानकारी गराउनु भयो । चेलीको न्याय र संक्षणका लागि के.आई नेपालले सहायता गर्ने र के.आई नेपालको सुरक्षित आवास गृह चितवनमा बिभिन्न सीप विकास तालिम प्रदान गरि आत्म निर्भर गराउने उदेश्यले लैजाने तयारी भएको के.आई नेपाल कपिलबस्तुका जिल्ला संयोजक केसर बिश्वकर्माले जानकारी दिए ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…