२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सङ्ग्रहालयलाई पुरातात्विक सामग्री हस्तान्तरण

२०७४, १७ माघ बुधबार ०६:४५

माघ १७, तेह्रथुम | तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा स्थापना भएको पर्यटन सूचना केन्द्र र सङ्ग्रहालयलाई स्थानीय एक युवा क्लबले पुरातात्विक सामग्री हस्तान्तरण गरेको छ । 

चैनपुर नगरपालिका–१ स्थित प्रि–म्युजिक युथ क्लब, पहिरेले तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित सङ्ग्रहालयका लागि ऐतिहासिक तथा पुरातात्विक सामग्री हस्तान्तरण गरेको हो । क्लबले सङ्ग्रहालयलाई ढोल, सारङ्गी, टुङना, झ्याम्टा, ढाल, तरबार लगायतका सामग्री हस्तान्तरण गरेको टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका सचिव सन्तोष लिम्बूले जानकारी दिनुभयो । 

टिएमजे क्षेत्रका सबै सूचना एकै ठाउँबाट प्रवाह गर्न हालै यहाँका युवाले पर्यटन सूचना केन्द्र तथा ऐतिहासिक वस्तुहरु सम्मिलित सङ्ग्रहालय सञ्चालनमा ल्याएका छन् । गुफाबजारमा सञ्चालित सङ्ग्रहालयमा स्थानीय लोपोन्मुख उत्पादन, सामग्री र टिएमजे क्षेत्रका आकर्षण एकै ठाउँमा हेर्न मिल्ने सजाइएको छ । 

टिएमजे क्षेत्रमा पाइने सबै प्रकारका गुराँस, सूर्योदयको दृश्य, कञ्चनजंघा र मकालु हिमाल, गुफापोखरी, यहाँका महत्वपूर्ण स्थल, यो क्षेत्रको लोपोन्मुख कला, संस्कृति झल्कने तस्बीर, लोकसंस्कृतिसँग जोडिएका लोपोन्मुख बाजा, प्रविधिले विस्थापित गरेका ढिकी, जाँतो, लेकाली गोठमा प्रयोग हुने काठको हर्पे, डाडु, पन्यूँ, पेरुंगो, ठेकी, विनायो, मादल, च्याब्रुङलगायत वस्तुहरु राखिएका छन् । 

विद्यार्थीद्वारा जनप्रतिनिधि सम्मानित 

यसैबीच, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, तेह्रथुमले अखिलका पूर्वनेता तथा पार्टीबाट स्थानीय, प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गरेको छ । 

शहीद दिवसका अवसरमा नेकपा (एमाले) निकट अनेरास्ववियुले सदरमुकाम म्याङलुङमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै प्रतिनिधि सभा सदस्य भवानीप्रसाद खापुङ, प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र तेजमान कन्दङवालाई सम्मान गरेको हो । 

यस्तै, म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, उपप्रमुख पार्वतीसानु डाँगी, आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बू र उपाध्यक्ष रुपादेवी कन्दङवा, फेदाप गाउँपालिका अध्यक्ष हरि चोङवाङ र उपाध्यक्ष गीतादेवी थापा, मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ, छथर गाउँपालिका अध्यक्ष सन्तवीर तिगेला र उपाध्यक्ष तारादेवी खरेललाई पनि सम्मान गरेको छ । 

सम्मानपत्र र खादा ओढाएर पूर्वविद्यार्थी नेता तथा पार्टीका नेताहरुलाई जनप्रतिनिधिका रुपमा निर्वाचित भएकामा सम्मान गरिएको जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन