२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

सङ्ग्रहालयलाई पुरातात्विक सामग्री हस्तान्तरण

१७ माघ २०७४, बुधबार ०६:४५

माघ १७, तेह्रथुम | तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा स्थापना भएको पर्यटन सूचना केन्द्र र सङ्ग्रहालयलाई स्थानीय एक युवा क्लबले पुरातात्विक सामग्री हस्तान्तरण गरेको छ । 

चैनपुर नगरपालिका–१ स्थित प्रि–म्युजिक युथ क्लब, पहिरेले तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित सङ्ग्रहालयका लागि ऐतिहासिक तथा पुरातात्विक सामग्री हस्तान्तरण गरेको हो । क्लबले सङ्ग्रहालयलाई ढोल, सारङ्गी, टुङना, झ्याम्टा, ढाल, तरबार लगायतका सामग्री हस्तान्तरण गरेको टिएमजे पर्यटन प्रवद्र्धन केन्द्रका सचिव सन्तोष लिम्बूले जानकारी दिनुभयो । 

टिएमजे क्षेत्रका सबै सूचना एकै ठाउँबाट प्रवाह गर्न हालै यहाँका युवाले पर्यटन सूचना केन्द्र तथा ऐतिहासिक वस्तुहरु सम्मिलित सङ्ग्रहालय सञ्चालनमा ल्याएका छन् । गुफाबजारमा सञ्चालित सङ्ग्रहालयमा स्थानीय लोपोन्मुख उत्पादन, सामग्री र टिएमजे क्षेत्रका आकर्षण एकै ठाउँमा हेर्न मिल्ने सजाइएको छ । 

टिएमजे क्षेत्रमा पाइने सबै प्रकारका गुराँस, सूर्योदयको दृश्य, कञ्चनजंघा र मकालु हिमाल, गुफापोखरी, यहाँका महत्वपूर्ण स्थल, यो क्षेत्रको लोपोन्मुख कला, संस्कृति झल्कने तस्बीर, लोकसंस्कृतिसँग जोडिएका लोपोन्मुख बाजा, प्रविधिले विस्थापित गरेका ढिकी, जाँतो, लेकाली गोठमा प्रयोग हुने काठको हर्पे, डाडु, पन्यूँ, पेरुंगो, ठेकी, विनायो, मादल, च्याब्रुङलगायत वस्तुहरु राखिएका छन् । 

विद्यार्थीद्वारा जनप्रतिनिधि सम्मानित 

यसैबीच, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, तेह्रथुमले अखिलका पूर्वनेता तथा पार्टीबाट स्थानीय, प्रदेश तथा प्रतिनिधि सभामा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गरेको छ । 

शहीद दिवसका अवसरमा नेकपा (एमाले) निकट अनेरास्ववियुले सदरमुकाम म्याङलुङमा मंगलबार एक कार्यक्रमको आयोजना गर्दै प्रतिनिधि सभा सदस्य भवानीप्रसाद खापुङ, प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र तेजमान कन्दङवालाई सम्मान गरेको हो । 

यस्तै, म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, उपप्रमुख पार्वतीसानु डाँगी, आठराई गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बू र उपाध्यक्ष रुपादेवी कन्दङवा, फेदाप गाउँपालिका अध्यक्ष हरि चोङवाङ र उपाध्यक्ष गीतादेवी थापा, मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङ, छथर गाउँपालिका अध्यक्ष सन्तवीर तिगेला र उपाध्यक्ष तारादेवी खरेललाई पनि सम्मान गरेको छ । 

सम्मानपत्र र खादा ओढाएर पूर्वविद्यार्थी नेता तथा पार्टीका नेताहरुलाई जनप्रतिनिधिका रुपमा निर्वाचित भएकामा सम्मान गरिएको जिल्ला अध्यक्ष प्रकाश श्रेष्ठले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण