२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घनाजंगलको झाडीमा अड्किएका थिए जोन, उद्दारकर्ता देखेपछी रोए

१७ माघ २०७४, बुधबार १८:१९

माघ १८, काठमाडौं । हाइकिङका लागि फूलचोकी पुगेका जोन तामाङलाई ६ दिन पछी जिवितै उद्दार गरिएको छ । हाइकिङ पुगेर घर फर्किने क्रममा उनि जंगलबाटै बेपत्ता भएका थिए । 

रेस्क्यु एसोसिएसन, र्याफ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दर सिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली बुधबार सुरुमै फुलचोकीको टुप्पामा पुगेको थियो । त्यसपछि त्यहाँबाट तल झर्यो । 

खोजीको क्रममा लाकुरी भञ्ज्याङ जाने बाटोबाट उद्दारकर्ताहरु दायाँतर्फ लागेका थिए । रामकाजी तिवारी र चन्द्र आलेले बाटो छाडेर केहि तलतिर खोज्दै थिए । देख्दैमा डर लाग्दो ठाउँमा खोज्ने क्रममा करिब पौने ५ बजेतिर एउटा झोला भेटिएको थियो । झोलाकै आधारमा लडेको रुखको चेपमा एउटा मान्छे घोप्टो अवस्थामा देखियो । घोप्टो अवस्थामा टोपी स्पष्ट देखियो । जुन टोपी जोनको फोटोसँग मिल्दो थियो । तब जोननै हुन् भन्ने एकिन भयो र उद्दारकर्ताले उनलाई उनकै नामले बोलाए तब उनले हेरे र  रुन थाले । 

त्यतिकैमा उद्दारकर्ताहरुले उनलाई 'तिम्रो नाम जोन हो भनेर सोध्दा उनले 'हो' भन्ने प्रतिकृया दिँदै टाउको हल्लाएर रोएका थिए । अनि उद्दारकर्ताले दिएको पानी र विस्कुट खाए । उद्दारकर्ताले जोनलाई उद्दार गर्ने क्रममा निकै सांस्ती झेल्नुपरेको थियो । त्यहाँ बाघको पाइला पनि देखेको उद्दारकर्ता बताउँछन् । 

उद्दारपछी राती सवा आठ बजे जोनलाई गोदावरीमा ल्याइयो । उनलाई रामकाजी तिवारी र चन्द्र आलेले बोकेर गोदावरी झारेका थिए । 

उद्दारपछि अहिले उनको बी एण्ड बी अस्पतालको आईसीयूमा उपचाररत छन् । उनि सामान्य बोल्न सक्छन् । उनलाई उद्दार गरि सकुसल अस्पताल ल्याइएको खबर पाए पछी उनको परिवार अस्पताल पुगेको छ ।

माथिको तश्विर: प्रकृति अधिकारीबाट 

  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै