२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गर्भवती तथा सुत्केरी महिला महिलासहित पाँचजना पक्राउ, यस्तो छ कारण

२०७४, १८ माघ बिहीबार ०२:३८

माघ १८, पर्सा । नेपालबाट भारततर्फ हुने लागुऔषध ओसार पसारमा कारोबारीहरुले गर्भवती तथा सुत्केरी महिलाको प्रयोग गरिरहेको खुलासा भएको छ । वीरगन्जको रजतजयन्ती चोकबाट साढे दश किलो चरेससहित आठमहिने शिशुकी आमालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरेपछि सो तथ्य खुलेको हो । 

वीरगन्जको रजतजयन्ती चोकबाट चरेससहित पक्राउ परेकी आठमहिने शिशुकी आमा अपसाना खातुन, रेहना खातुन र कारोबारी भारतको विहार मोतिहार निवासी जहुर आलमलाई बुधबार सार्वजनिक गर्दै पर्साका प्रहरी उपरीक्षक गणेश रेग्मीले महिला प्रयोगबारे जानकारी दिनुभयो । 

उहाँले गर्भवती तथा सुत्केरी महिलामाथि शंका नहुने र सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीले हतपती चेक जाँच नगर्ने अनुमानका आधारमा कारोबारीले नेपालबाट भारततर्फ हुने लागुऔषध ओसारपसारमा महिलाको प्रयोग गरिरहेको बताउनुभयो । 

मकवानपुर जिल्लाको हेटौँडाबाट खरिद गरिएको लागुऔषधलाई सीमा कटाउन कारोबारीले रु दुईहजारदेखि अढाई हजारसम्म महिलालाई दिने गरेको अनुसन्धानबाट खुलेको उपरीक्षक रेग्मीले दाबी गर्नुभयो । उहाँले पक्राउ परेका महिला विगतमा समेत चरेस ओसार्ने कार्यमा लिप्त भएको अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पत्रकारसम्मेलनमा सुईजन्य लागुऔषध नेपाल भित्र्याउने अभियोगमा पक्राउ परेका दुईजना युवालाई समेत सार्वजनिक गरिएको थियो । 

रक्सौलबाट खरिद गरिएको सुईजन्य लागुऔषध नेपाल भित्र्याउने क्रममा सीमा क्षेत्रबाट पक्राउ परेका भक्तपुर अनन्तलिंगेश्वर नगरपालिका–१० निवासी रोहण खड्का र हेटौँडा उपमहानगरपालिका–१३ निवासी दीपेन्द्र खत्रीलाई सार्वजनिक गर्दै उपरीक्षक रेग्मीले पक्राउ परेका पाँचै जनाविरुद्ध लागुऔषध मुद्दा चलाउने तयारी भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला