४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने

१८ माघ २०७४, बिहीबार ०७:२९

माघ १८, काठमाडौँ | आयोडिनयुक्त नूनको थप प्रवद्र्धन गर्दै यसको कमीबाट हुने रोगलाई निवारण गर्ने ध्येयले साल्ट ट्रेडिङ कर्पोरेशनले भोलि शुक्रबारदेखि एक महिनासम्मअर्थात फेब्रुअरी महिनालाई आयोडिन महिनाका रुपमा मनाउने भएको छ । 

सन् १९९८ देखि सो महिनालाई आयोडिन महिनाका रुपमा मनाउँदै आइएको छ । चिकित्सकका अनुसार खासगरी आयोडिनको कमीले गलगाड हुने गर्दछ । 

लामो समयदेखि सरकारले नूनमा आवश्यक मात्रामा आयोडिन मिलाई कर्पोरेशनमार्फत देशभरि नै बिक्री वितरणको प्रबन्ध मिलाएपछि सो रोग हाल नेपालबाट निवारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सन् १९८५ मा सो रोगीको संख्या ४४ प्रतिशत रहेको थियो भने सन् २००७ मा शून्य दशमलव चारमा झरेको थियो । 

अर्कोतर्फ सन् २०१६ को पछिल्लो स्वास्थ्य सर्वेक्षणअनुसार पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले आयोडिनयुक्त नूनको उपभोग गरेको देखिएको थियो । सरकारले सन् २०१८ को अन्त्यसम्ममा आयोडिनयुक्त नूनको उपभोग गर्ने घर संख्या ९५ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ । 

नेपाल युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य देश पनि हो । 

कर्पोरेशनले हुम्ला, जुम्ला, कालीकोट, जाजरकोट, डोल्पा र मुगुको नूनको मौज्दात रहेको र ती जिल्लामा नूनको अभाव नभएको जनाएको छ । यसैबीच कर्पोरेशनले आयोडिनयुक्त नूनको मात्र प्रयोग गर्न आह्वानसमेत गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ