२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

जोगियो जिरिखिम्ती: मध्यरातमा लागेको आगो एक घण्टापछि नियन्त्रणमा

२०७३, २१ बैशाख मंगलवार २१:३५

प्रकाश धौलाकोटी/ बैशाख २२, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका–७ स्थित जिरिखिम्ती बजारका दुर्गाबहादुर खड्काको घरमा गएराति विद्युत सर्ट भई आगलागी भएपनि ठुलो जनधनको क्षति हुनबाट जोगिएको छ । तीन तले घरको माथिल्लो तलामा रहेको भान्सामा मध्य राति करिब ११ः३० बजे अचानक आगो उठेको थियो । आगलागीबारे गस्तीमा रहेका प्रहरीले थाहा पाएपछि घरधनीलाई उठाएको थियो ।

बजारमै रहेको खड्काको घरबाट आगोलाई अन्यत्र जान नदिएपछि बजारमा अरु ठुलो जनधनको क्षति हुनबाट बचेको जिरिखिम्ती प्रहरी चौकीले जनाएको छ । प्रहरी, शशस्त्र प्रहरी र स्थानीयबासीले आगो करिब एक घण्टापछि नियन्त्रणमा लिएका थिए । आगलागीबाटबाट खड्काको भान्सामा रहेका सामानहरु मात्र जलेका छन् । म्याङलुङ नगरपालिकाको दमकल भने आगो निभाईसकेपछि मात्र पुगेको थियो ।

जिल्लामा यसअघि पनि पटक पटक आगलागीबाट ठुलो क्षति हुँदै आएको छ । विगतमा सदरमु्काम म्याङलुङबजारमा मात्र दुई पटक आगलागी हुँदा क्षतविक्षत् भएका परिवार अझै उठ्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित