२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको ऐतिहासिक मेलाको पुर्ण तयारी, भोलीबाट सुरु हुने

२१ माघ २०७४, आईतवार १३:०६

माघ २१, सुस्ता | नवलपरासी जिल्लाको ऐतिहासिक धार्मीक स्थल एवम हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदारबाबाको मेला भोलीबाट सुरु हुने मदार बाबा मेला ब्यवस्थापन समिती सुस्ता गाउँपालिकाले जनाएको छ । 

लामो समय देखी लाग्दै आएको हिन्दु र मुस्लिम जातीहरुको आस्थाको केन्द्र बिन्दु मदारबाबा मेलाको पुर्ण रुपमा तयारी पनि भैसकेको आयोजकले जनाएको छ । मदारबाबा मेलामा नेपालको बिभिन्न जिल्लाहरु र भारत उत्तरप्रदेश राज्य र बिहार राज्य प्रदेशको बिभिन्न जिल्लाहरुबाट करिश ५ लाख तिर्थालुहरुको उपस्थिती हुने सुस्ता गाउँपालिका अध्यक्ष एवम मेला ब्यवस्थापन समितीका संयोजक राम प्रसाद पाण्डेले बताउनु भएको छ । 

मेलामा तल र माथी गरि करिब २ हजार ५ सय पसलहरु रहेको र मेला माघको २२ गते देखी फाल्गुन १ गते सम्म लाग्ने आयोजकले जनाएको छ । मदार बाबा मेलामा माथी डाडाँमा रहेको मजारको दर्शन गर्दा बिभिन्न मनोकामना पुरा हुने र आफ्नो शरिरमा रहेको रोगहरु सबै निको हुने र सन्तान नभएकाहरुको सन्तान हुने धार्मीक आस्था रहेको मेलामा आउने तिर्थालुहरुले बताउ छन । 

मदरबाबा मेलामा अत्याधिक चाप बढने भएको कारणले तथा मेलाको दर्शन गर्न आउने तिर्थालुहरुलाई सुरक्षाको अन्भुत गराउनको लागी मेला ब्यवस्थापन समितीले नेपाल प्रहरी ६० जना,सशस्त्र प्रहरी बलको २५ जना र स्थानिय स्यवम सेवक २० जना गरि मदार बाबा मेलामा सुरक्षाका लागी परिचालन गरिएको कुतबुल मदारशाह जर्घा कमिटीका सचिव अजमुदिन अन्सारीले जानकारी गराउनु भएको छ । 

मदरबाबा मेलालाई थप ब्यवस्थापन गर्नका लागी सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको सयोजकतामा २१ सदस्यि मुल समिती गठन गरिएको छ । त्यस्तै मदारबाबा मेलाको प्रचार प्रसारका लागी नेपाल पत्रकार माहा संघ जिल्ला कार्यसमिती नवलपरासीका जिल्ला कार्यसमितीका सदस्य एवम पत्रकार श्याम बुचा मगरको सयोजकतामा ३ सदस्य समिती गठन भएको छ भने खानेपानी सरसफाई ब्यवस्थापनका लागी वडा न.२ का वडा सदस्य कुन्ती मुखियाको अध्यक्षतामा ५ सदसिय समिती गठन गरिएको आयोजकले जनाएको छ । – श्याम थापाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य