२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कालिकोटमा डाक्टरलाई दुर्व्यावहार गरेको विरोधमा स्वास्थ्यकर्मी आन्दोलित

२२ माघ २०७४, सोमबार १३:४८

माघ २२, कालिकोट | जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा.कौशल अलीलाई नेकपा माओवादीका कार्यकर्ताले कालो मोसो दलेर दुर्व्यावहार गरेको बिरोध कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित छन् । 

शुक्रबार रास्कोट पूर्ण खोपयुक्त नगरपालिका घोषणा समारोहमा सहभागी हुन गएका अलीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेर दुव्र्यवहार गरेको बिरोधमा सोमबारदेखी जिल्ला अस्पताल लगायत सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द छन् ।


जिल्ला स्वास्थ्य कार्यालयले एक प्रेस विज्ञप्ती सार्वजनिक गरी आईतबार सबै स्वास्थ्यकर्मीले हातमा कालो पट्टी बाँधेर सेवा दिनुका साथै सोमबारदेखी ईमरजेन्सी बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द रेका छन् । माघ १९ गते रास्कोट नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्ने कार्यक्रममा विशेष अतिथिका रुपमा सहभागी हुन गएका डाक्टर अलीलाई रास्कोट नगरपालिकाको आरसिपी बजारमा अमानवीय र अभद्र व्यवहार भएको भन्दै दुव्र्यवहारमा संलग्नलाई कार्वाहीको माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित भएका हुन् ।

यता नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी मनीलाल ऐडी रणदिपले आफूहरुले नै जिल्ला स्वास्थ्य कार्यालय प्रमूख डा. कौशल अलीलाई जनकारबाही गरेको बताए । डा. अलीकै कार्यकालमा गलत अप्रेशनका कारण चन्दा शाह लगायत तीन महिलाको अकालमा ज्यान गएको, जनताहरुले अस्वीकार गर्दा पनि जिल्लामा पुन हाजिरी भएको, पोष्टमार्टम तथा केस फारम भर्दा सेवाग्राहीबाट घुस लिने गरेको आरोप लगाएका छन् ।

त्यस्तै स्वास्थ्यको रकम हिनामिना गरेको, कर्मचारीलाई हेपेको, केही समय अगाडी जिल्लामा फैलिएको भाइरलको महामारी नियन्त्रणमा चासो नदिएको र जिल्लाका ग्रामिण स्तरमा रहेका स्वास्थ्य संस्थामा समयमै औषधी नपठाउँदा नागरिकले सास्ती खेप्नु परेकाले आफूले जुताको माला र कालोमुसो दलेर स्वागत गर्न बाध्य भएको बताए ।


जिल्ला स्वास्थ्य कार्यालयका डा.टंक आचार्यले सोमबारदेखी जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्लाका सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरिएको बताए । उनले आफूहरुले जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. अली माथि दुरव्र्यवहार गर्नेलाई कानुन बमोजिम कारवाहीको माग गरेको बताए ।जिल्ला अस्पताल तथा अन्य ग्रामीण स्तरका स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सबै सेवा बन्द भएपछि नागरिकलाई सास्ती भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि गएका सेवाग्राहीले उपचार नपाएर घर फर्किन थालेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य