२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व सांस्कृतिक शान्ति पदयात्रा गरिने

२०७४, २३ माघ मंगलवार ०५:३८

माघ २३, काठमाडौँ | चारुमती बुद्धिष्ट मिसन नेपालले अभयदानको संस्मरण र शान्तिको महत्वका बारे योगदान गर्ने उद्देश्यले काभ्रेको पनौतीदेखि नमोबुद्धसम्म विश्व सांस्कृतिक शान्ति पदयात्रा गर्ने भएको छ । 

आगामी वैशाख १ गते हुने उक्त यात्रामा विभिन्न धार्मिक आस्थाका धर्मावलम्बीलाई एकिकृत गरी आत्मिक एवं भौतिक शान्ति प्रदान गर्ने लक्ष्य राखिएको छ । 

बौद्ध धर्मका तीन यानका विशिष्ट गुरुबाट प्रार्थना तथा आशीर्वादपछि बाजागाजाका साथ शुरु गरिने यात्रामा करिब दुई हजार ५०० सहभागी हुने आयोजक संस्थाका प्रमुख भिक्षु तपस्सी धम्मले जानकारी दिनुभयो । 

पनौती बजारबाट शुरु हुने यात्रा सुन्थान, इटे, शंखु, शंखेश्वरी हुँदै नमोबुद्धमा पुगेर समापन गरिनेछ । वैशाख २ गते चारुमती बुद्ध विहारमा दीपप्रज्वलन गरी कार्यक्रमको अन्त्य गरिनेछ । उक्त यात्राको प्रचारप्रसारका लागि लेख, रचना प्रकाशन, अन्तक्र्रियालगायतका कार्यक्रम देश विदेशमा समेत भइरहेको जनाइएको छ । 

विभिन्न बौद्ध राष्ट्रका प्रतिनिधिसमेत उक्त यात्रामा सहभागी हुने बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित