२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारी नहुँदा नगरपालिकाको काम प्रभावित

२०७४, २३ माघ मंगलवार ०५:४५

माघ २३, काठमाडौँ | बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ । 

नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहँुदा कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिनुभयो । ‘‘एक जना मात्र प्रशासन सञ्चालन गर्ने कर्मचारी प्रशासकीय अधिकृत हुनुहुन्छ । उहाँ पनि बिदामा बस्दा अहिले प्रशासन सञ्चालन गर्ने कर्मचारी छैनन्’’, उहाँले भन्नुभयो, ‘‘प्रशासन शाखामा अधिकृतस्तरको कर्मचारी नहुँदा आफैँ काम गर्नुपरेको छ ।’’ 

अहिले एक नासु मात्र प्रशासन शाखामा छन् । प्रमुख प्रशासकीय अधिकृत अधिकारी यही माघ १८ देखि २८ गतेसम्म बिदामा बस्नुभएको छ । 

यसैगरी अहिले नगरपालिकामा स्वास्थ्य, महिला तथा बालबालिका, शिक्षा, कृषि, पशु, प्राविधिक र सामाजिक विकास शाखा स्थापना गरिए पनि पर्याप्त कर्मचारी नहुँदा काम प्रभावित भएको छ । कर्मचारीको अभावले आन्तरिक लेखा परीक्षण शाखा अझै नबनेको उहाँको भनाइ छ । अहिले नगरपालिकामा केन्द्रबाट थप कर्मचारी नआएको र पहिल्यैका करार कर्मचारीद्वारा काम चलाइएको उहाँले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित