२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार दुई सय नागरिक लाभान्वित

२४ माघ २०७४, बुधबार ०९:१९

माघ २४, बैतडी | बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन गरिएको दुईदिने रौलाकेदार निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार २०० बढी नागरिक लाभान्वित भएका छन् । 


हाम्रो सुर्नया हाम्रो पहिचान, स्वास्थ्य र समृद्धि हाम्रो अभियान भन्ने नाराका साथ सुर्नया गाउँपालिका, रौलेश्वर पूर्व विद्यार्थी समाज र शुक्रपथ फाउण्डेशनको संयुक्त आयोजनामा सोमबारदेखि शुरु भएको निःशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको हो । 

स्वास्थ्य शिविर संयोजक रिजन मडैका अनुसार एक हजार २९३ जना प्रत्यक्ष लाभान्वित भएका बताउनुभयो । शिविरमा जनरल फिजिसयन, स्त्रीरोग सेवा, दन्त सेवा, ल्याब सेवालगायतका सेवा प्रदान गरिएका थिए । 


जसमा स्त्रीरोग सेवा २१० जना, दन्त सेवा १४१, नाक कान घाँटी ३५ जना, स्वाशप्रश्वाससम्बन्धी १२२, ग्याष्ट्रिक १५५ जनाले सेवा लिएको बताइएको छ । यस्तै अल्ट्रासाउड सेवा ५४ जना, प्रयोगशाला १२८ र ५४७ जनाले अन्य स्वास्थ्य सेवा तथा परामर्श लिएको मडैले बताउनुभयो । 

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टले जानकारी दिनुभयो । सुर्नयामा निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा लिन पाएकोमा नागरिकले खुशी व्यक्त गरेका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो