2026-09-15 06:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

सुप विश्वविद्यालयका उच्च पदाधिकारीहरुले काठमाडौं मोह त्याग्न नसक्दा विश्वविद्यालय धराशायी हुँदै

भास्कर केसी/माघ २४, कञ्चनपुर । सूदुरपश्चिमाञ्चल विश्वविद्यालय सुधार सघर्ष समितिले विभिन्न चरणका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

लामो समयदेखि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक लगायतका क्षेत्रमा देखिएको समस्या एवं गतिरोधको अन्त्य गर्न क्रियाशील प्राध्यापक संघ संगठनहरुले आन्दोलन गर्न बाध्य भएको हो । 

विभिन्न समयमा केन्द्रीय क्याम्पसमा प्राध्यापनरत सम्पूर्ण प्राध्यापकहरुले विश्वविद्यालयको शैक्षिक, प्रशासनिक एवं आर्थिक पक्षसँग सम्बन्धित विभिन्न समस्याको पहिचान गरी मागगर्दै मागपत्र बुझाए पनि विश्वविद्यालयका उपकुलपति र रजिष्टार लगायत उच्च पदाधिकारीहरुले बेवास्ता गर्दै जादाँ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको काम कारवाही लथालिग भएको छ ।  

विश्वविद्यालयमा क्रियाशील प्राध्यापक संघ संगठनहरुले २०७४ साउनु २९ गतेका दिन संयुक्त बैठक बसी विश्वविद्यालय पदाधिकारीहरु उपकुलपति र रजिस्ट्रारलाई १५ दिने अल्टिमेटम सहितको नौ बुंदे मागपत्र बुझाएको भएपनि हाल सम्म त्यस उपर कुनै सुनवाई नर्गनु तथा विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरको भिमदत्त नगर–१८मा स्थिापित भए पनि काठमाडौं मोहले २–४ जना तल्लो स्थरका कर्मचारी बाहेक उच्च पदाधिकारीहरु लगायत उपकुलपति र रजिष्ट्रार उतै काठमाडौं वस्दा अझै समस्या बढेको छ, विद्यार्थी तथा प्राध्यापकहरुलाई आफनो समस्या समाधानको पहल गर्नपनि गाह्रो भएको छ । 

कसलाई भन्ने कसले सुन्ने ! त्यसले कुनै पनि पदाधिकारीहरुबाट संवाद गर्ने व्यवस्था नभएपछि प्राज्ञिक मर्यादालाई कायम राख्दै माघ २४ गते देखि चरणवद्ध संघर्ष गर्ने सु.प.वि.सुधार संघर्ष समितिका अध्यक्ष विरवहादुर सिंह ठकुरीले बताउनु भयो । 

आज गरेको पत्रकार सम्मेलनमा पहिलो दिन माघ २४ गते पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनीक गर्ने, माघ २५ गते ‘गैर जिम्मेदार पदाधिकारी जिम्मेवार वन’ भन्ने कालो व्यानर विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार लगायत सम्पुर्ण पदाधिकारीहरुको कार्यकक्षमा झुण्ड्याउने माघ २६ गते देखि २८ गते सम्म सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको दाँया हातमा कालो पट्टी बाँधी आ–आफनो नियमित कार्यमा सहभागि हुने  माघ २९ गते सम्म माग सम्बोधन नभएमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम गर्ने घोषण गरेका छन् । 

तर यस आन्दोलन अवधि भरी विद्यार्थीको पढाईमा कुनै पनि कमि नगरने र पढाईलाई भने सुचारु रुपले अघि बढाउने अध्यक्ष ठकुरीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ