२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्यायालयबाट सही न्याय पाउने बनाउन सर्वस्वहरण गरिएपनि छाड्दिन: डा केसी

२०७४, २७ माघ शनिबार १२:४२

माघ २७, काठमाडौँ । प्रा डा गोविन्द केसीले न्यायालयलाई जवाफदेही बनाउन जुनसुकै अवस्था आएपनि लडाईं जारी राख्ने बताउनुभएको छ । 

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा आज पत्रकारसम्मेलन गरी डा केसीले न्यायालयबाट सही न्याय पाउने बनाउन सर्वस्वहरण गरिएपनि नछाड्ने बताउनुभएको हो । 


उहाँले भन्नुभयो, “मेरो लडाईं न्यायालयविरुद्ध होइन, न्यायालयमा बसेर न्याय बेच्ने व्यक्तिविरुद्ध होे, त्यसका लागि जुनसुकै अवस्था लडाईं रोक्दिन, सर्वस्वहरण भए पनि म सीप भएको व्यक्ति हुँ, काम गर्न सक्छु ।” 

प्रा डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै गत पुसमा अनशन शुरु गरेपछि उहाँविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्दा विचाराधीन छ । 

मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियानमा आफ्ना बाँकी माग पूरा नहुन्जेल आफ्नो अनशन जारी रहने प्रा डा केसीको भनाइ छ । 

पत्रकार सम्मेलनमा प्रा डा केसीले विचाराधीन मुद्दामा प्रभाव पार्ने गरी चलखेल गर्दै विवादास्पद कार्य भइरहेको भन्दै प्रधानन्यायाधीशले तत्काल राजीनामा दिनुपर्ने माग दो¥याउनुभयो । 

चिकित्सा शिक्षा अध्ययन संस्थानको चार वर्षअघिको डिन पुनःबहालीसम्बन्धी सर्वोच्च अदालतले गत पुस २३ गरेको आदेश न्यायसङ्गत नभएको भन्दै डा केसीले प्रधानन्यायाधीशको राजीनामाको मागसहित पुस २४ देखि १४ औँ अनिश्चितकालीन आमरण अनशन शुरु गर्नुभएको थियो । 

प्रधानन्यायाधीशको राजीनामा र उहाँले गरेका कामबारे छानबिन गर्न माग गरेपछि उहाँलाई अदालतको अवहेलना गरेको आरोपमा पुस २४ गते साँझ नै प्रक्राउ गरिएको थियो । उहाँले दुई दिन प्रहरी हिरासतमा पनि अनशन जारी राख्नुभएको थियो । 

गत पुस २५ र २६ गते सर्वोच्च अदालतको अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइपछि अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिँदै प्रा डा केसीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको थियो । 

आदेशमा अदालतले प्रा डा शशी शर्मालाई आइओएमका डिनमा पुनःबहाली गर्न प्रधानन्यायाधीश पराजुली सहभागी भएर गरेको फैसलाको मिसिलसमेत झिकाउन भनिएको छ । 

अदालतले सो मुद्दामा सुनुवाइ सकिएपछि डा केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित