सौडियार गाबिसको २१ औँ गाउँ परिषद् सम्पन्न सवा करोडको योजना पारित

Posted on: 12 Jan, 2016

पुस २८, दाङ । दाङको सौडियार गाँउ बिकास समितिले आर्थिक बर्ष २०७३/७४ सालका लागि सवा एक करोडको बजेट पारित गरेको छ । गाविसको आज सम्पन्न २१ औं गाँउ परिषदले एक करोड २५ लाख ६९ हजार रुपैयाको बजेट प्रस्तुत गरिएको छ । गाबिसका सचिब टेकबहादुर खड्काको अध्यक्षतामा तथा निमित्त स्थानिय बिकास अधिकारी परशुराम बैदारको प्रमुख आतिथ्य एवं महिला तथा बालबालिका कार्यालयका प्रमुख बिना श्रेष्ठको बिशिष्ठ आतिथ्यमा भएको परिषदमा पुँजिगत तर्फ ४३ लाख १६ हजार रुपैया र सञ्चालन तर्फ ८२ लाख ५३ हजार रुपैया बजेट बिनियोजन गरिएको हो । पेश गरिएको योजना तथा कार्यक्रममा सवै भन्दा बढि सडकलाई प्राथमिकता दिइएको छ । जस अनुसार सवैभन्दा बढि रकम गा.वि.स.को मुटुको रुपमा रहेको तल्लो दामोदर रोडको स्तर उन्नतीका लागी तीन लाख रुपैया बजेट बिनियोजन गरिएको छ ।

पुँजिगत तर्फको ४३ लाख १६ हजार रुपैयाँबाट तीन वटा ठुला योजनाका लागी सात लाख, १५ वटा साना पूर्वाधार तथा प्रर्वद्धनात्मक कार्यक्रमका लागी आठ लाख ७८ हजार तीन सय ८४ रुपैया बिनियोजन गरिएको छ । यस्तै बालबालिकाको १२ वटा योजना तथा कार्यक्रमका लागी ५ लाख २६ हजार एक सय २८ रुपैया, आदिवासी जनजाती, दलित, अपांग, जेष्ठ नागरिक लगायतको लक्षित बर्गका लागि पाँच लाख २६ हजार एक सय २८ रुपैया, बिपन्न महिला लक्षित बर्गको बिकासका लागी तीन लाख ५० हजार सात सय ५२ रुपैयाँ र कृषी क्षेत्रको बिकासका लागी पाँच लाख २६ हजार एक सय २८ रुपैया बिनियोजन गरिएको सामाजिक परिचालक बिमल योगीले जानकारी दिनुभयो । परिषदले आगामी असार मसान्त सम्म गा.वि.स.लाई बालमैत्री र लैंगिक हिँसामुक्त गा.वि.स.घोषणा गर्ने निर्णय समेत गरेको छ । घोषणा कार्यलाई सहयोग पुर्याउन बालबिवाह न्यूनीकरण, लैंगिक हिँसा न्यूनीकरण तथा जन्म दर्ता शिविर सञ्चालन गर्ने कार्यक्रम योजनामा समेटिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!