४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

बेसीशहर चामे सडकमा आजदेखि चार दिन सवारी आवत जावत रोक

२८ माघ २०७४, आईतवार ०७:०६

माघ २८, मनाङ | मनाङ र लमजुङ जोड्ने एउटै मात्र सडक बेसीशहर चामे सडक आजबाट चार दिनका लागि बन्द हुने भएको छ । मनाङ र लमजुङ सिमानामा रहेको म्यादी खोलामा मोटरेवल पुल निर्माण गर्ने क्रममा आजबाट पुलको ढलान हुने भएकाले सवारी आवत जावतमा रोक लगाइएको हो । 

साँघुरो सडक भएको र अर्को कुनै विकल्प नहँुदा सवारी आवत जावतमा रोक लगाइएको पुल निर्माणका सह– इन्चार्ज नारायण लामाले बताउनुभयो । विसं २०७२ मा भीषण वर्षाले यस खोलाको पुल बगाएपछि हालसम्म काठको अस्थायी पुल निर्माण गरी सवारी साधन ओहोर दोहर गरिरहेका छन् । 

गत जेठमा सडक डिभिजनसँग रु दुई करोड पाँच लाख १७ हजार ८६९ मा सम्झौता गरी यही पुसबाट काम शुरु भएको हो । मनाङको सडकमा तिमाङ खोला र पिसाङ खोलामा पनि पुल निर्माणको सम्झौता भएको छ । तिमाङ खोला र पिसाङ खोलामा बढी चिसोका कारण काम गर्न कठिन भएकाले हाल काम रोकिएको छ । यस म्यादी खोलाको पुल निर्माणको आगामी २०७५ साल जेठ सम्ममा सक्ने सम्झौता भए पनि २०७४ साल चैत मसान्तसम्म सब काम सक्ने लक्ष्य रहेको र चार दिनपछि पुन सवारी आवत जावत सञ्चालन हुने सहइन्चार्ज लामाले बताएका छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ