२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानगरका भित्री भागमा सवारी व्यवस्थापन हुँदै

२०७४, २८ माघ आईतवार ०८:०१

माघ २८, ललितपुर | महानगरका भित्री भागमा सवारी चाप बढेसँगै यात्रु र पाटन घुम्न आउने पर्यटक हैरान भएपछि ललितपुर महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न लागेको छ । 

पाटन दरबार क्षेत्रमा ‘सवारी निषेधित क्षेत्र’ बनाइने र सवारी चाप बढी भएका कतिपय ठाउँमा एकतर्फी लागू गर्न लागिएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताउनुभयो । कुन कुन ठाउँमा र कसरी ‘वान वे’ लागू गर्ने भन्ने अध्ययन भइरहेको छ । उहाँले भन्नुभयो, “मुख्य गरेर दरबार क्षेत्र र त्यससँगै पर्यटक आगमन बढी हुने अरु क्षेत्रमा सवारी व्यवस्थापनको योजना बनाइएको छ ।” 

सवारी साधनको चाप धेरै भएका स्थानमा पर्यटकसँगै अरु पैदल यात्रुले समेत सास्ती भोग्दै आएका छन् । पाटन दरबार क्षेत्रमा निश्चित समयबाहेक अन्य बेला सवारी साधन नै चल्न नदिने गरी तयारी भइरहेको महानगर प्रमुख महर्जन बताउनुहुन्छ । सोबारे ट्राफिक प्रहरी, जातीय समूहलगायत सरोकारयुक्त निकायसँग छलफल भइरहेको छ । आगामी वैशाख १ गतेदेखि लागू गर्ने गरी तयारी अघि बढेको महानगरपालिकाले जनाएको छ । उहाँले भन्नुभयो, “अध्ययन र छलफल दुवै भइरहेको छ ।” 

केही वर्ष पहिलेदेखि ग्वार्खाेबाट मंगलबजार हुँदै पुल्चोक जाने बाटामा ‘वान वे’ पद्धति लागू छ । यस क्षेत्रमा सवारी व्यवस्थापन भई पैदल यात्रुलाई सहज भएको छ । भित्री भागमा ‘वान वे’ लागू गर्नुपर्ने भनी ट्राफिक प्रहरीले बताउँदै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो