२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

एक सातादेखि बेपत्ता नवलपरासीका युवक अझै भेटिएनन्, घटना रहस्यमयी

२९ माघ २०७४, सोमबार ०३:०९

माघ २९, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) रजहरबाट बेपत्ता भएका युवा बालकृष्ण खरेलको अवस्था अझै सार्वजनिक हुन सकेको छैन । 

गत माघ २२ गते मध्यरात १२ बजेपछि आफ्नै घरबाट बेपत्ता भएका खरेलको एक साता बितिसक्दा पनि कुनै पत्ता नलागेपछि खरेल एकाएक बेपता हुनुलाई निकै आचर्यका रुपमा लिइएको छ । 

बेपत्ता भएका खरेलको कसैसँग रिस राग समेत नभएको पारिवारिक स्रोतले जनाएको छ । २८ वर्षीय युवा खरेल विगत ९ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा स्पेनमा रहँदै आएका थिए । 

करिब दुई महिनाअघि मात्र प्रवासबाट घर फर्किएका उनको भोलिपल्ट विवाहको कार्यक्रम रहेको थियो । 

बेपत्ता खरेलको खोजीका लागि उनका आफन्त, अमरापुरीका स्थानीयवासीले स्थानीय प्रशासनसहित सबै सरोकारवालालाई अपिल गरेका छन् । आफ्नो निकटतम साथी घरैबाट एकाएक बेपत्ता भएपछि स्थानीय युवाहरुसहित सिंगो अमरापुरी अहिले चिन्ताग्रस्त भएको छ । 

अत्यन्तै मिलनसार र अनुशासित युबा खरेललाई अविलम्ब खोजी गरी घर फर्काउन समेत स्थानीयवासीले माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य