२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आगलागीबाट रु पाँच लाखको क्षति

२०७४, १ फाल्गुन मंगलवार ०३:५२

फागुन १, सोलुखुम्बु (रासस) | महाकुलुङ गाउँपालिका–२, छेस्कामको एक घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । 

सोमबार दिउँसो करिब १२ बजे स्थानीय मिलन राईको घरमा आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ । 

मिलन राईको घरमा काम गरिखाने स्मृति कुलुङले घर नजिकै बारीमा झ्यास पोल्ने क्रममा घर नजिकै रहेको परालमा आगो सल्किँदा घरमा आगलागी भएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । घरधनी मिलन राई काठमाडौँ बस्दै आएका र स्थानीय सञ्जय कुलुङलाई घरको समेत रेखदेख गरी बस्न दिइएको प्रहरीको भनाइ छ । स्मृति सञ्जय कुलुङकी श्रीमती हुन् । 

घरमा भएको काठपात सबै जलेर नष्ट भएको छ भने घरधनी बाहिर बस्ने भएकाले बहुमूल्य वस्तु नरहेको बताइएको छ । आगो सोमबारै नियन्त्रणमा आएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा