२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दुई सय पचास बिद्यार्थीलाई छात्रबृत्ति बितरण

१७ माघ २०७२, आईतवार ०८:४७

सन्तोषकुमार गुप्ता/ माघ १७, भालुवाङ ।  नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भालुवाङ्गमा अध्ययनरत दुई सय पचास जना विद्यार्थीहरुलाई बुधबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी छात्रबृत्ति वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ८ सम्मका दलित तर्फ छात्र—छात्रा र अन्य छात्रा विद्यार्थीहरुलाई जनही चार सयका दर उक्त छात्रबृत्ति वितरण गरिएको हो । जिल्ला शिक्षा कार्यालय दाङ्गको अनुदानमा बार्षिक कार्यक्रम अन्र्तगत यस बर्ष जम्मा एक लाख रुपैयाँ छात्रबृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हेमराज रोकामगरको अध्यक्षतामा भएको छात्रबृत्ति वितरण कार्यक्रममा विद्यालयका प्रधानध्यापक डिलबहादुर कुमालले आर्थिक बर्ष २०७१/०७२ को ४७ लाख ७० हजार ४ सय ९७ रुपैयाँ ७९ पैसा सहितको सामाजिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका सदस्य नरेन्द्रमान केसी, महिला सदस्य जीवन गुप्ता, शिक्षक अभिभावक संघका संयोजक रामजीप्रसाद गुप्ता र पत्रकार बिदुर एमसी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिका यशोदा पुनले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…