२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

स्थानीय पाठ्यक्रममा इलाम र इलामको पर्यटन समावेश

१ फाल्गुन २०७४, मंगलवार ०९:२४

फागुन १, इलाम | जिल्ला शिक्षा कार्यालयले अनौपचारिक शिक्षा केन्द्रको तह दुईअन्तर्गतको स्थानीय पाठ्यक्रममा इलामको वस्तुस्थिति र त्यहाँको पर्यटन क्षेत्र समावेश गरेको छ । 

चालू आर्थिक वर्षमा शुरु गरिएको उक्त पाठ्यक्रमअनुसार अनौपचारिक शिक्षाअन्तर्गत तह एक पूरा गरी साक्षर बनिसकेका १५ देखि ६० वर्ष उमेर समूहका नागरिकलाई इलाम र इलामको पर्यटनका बारेमा पनि जानकारी दिने उद्देश्यले सो पाठ्यक्रम तयार पारिएको हो । 

दुई वर्षअघि साक्षर जिल्ला घोषित इलाममा निरन्तर शिक्षाअन्तर्गत तह दुईको सिकाइ शुरू गरिएको हो । उक्त पाठ्यक्रममा अन्य विषयवस्तुका साथै अनौपचारिक शिक्षा केन्द्रले देशभर तय गरेअनुसारको भए पनि स्थानीय पाठ्यक्रममा जिल्लाको पर्यटन राखिएको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताउनुभयो । 

जिशिअ गौतमका अनुसार साक्षर जिल्ला घोषित हुँदा ४० हजार निरक्षरलाई साक्षर बनाइएकामा उनीहरूलाई नै निरन्तर शिक्षाअन्तर्गत तह दुईको पाठ्यक्रमअनुसार सिकाइनेछ । निरन्तर शिक्षाको एक चरणको कार्यक्रम सकिएको र अहिले दोस्रो चरणको कार्यक्रमअनुसार हालै सहजकर्तालाई तालीम दिइएको छ । 

त्यो सँगसँगै स्थानीयस्तरमा सम्भावना रहेको क्षेत्रको ज्ञान पनि सबै व्यक्तिले पाउनुपर्छ भन्ने उद्देश्यले इलामको हकमा यहाँको पर्यटनको विषय पाठ्यक्रममा राखिएको पनि उहाँले बताउनुभयो । सो पाठ्यक्रममा इलामको चिनारी, पर्यटन, प्रमुख पर्यटकीय गन्तव्यहरू, धार्मिक पर्यटकीयस्थल, सूर्योदय पर्यटन स्थल र पर्यावरणीय पर्यटनस्तलका आधारभूत जानकारी समावेश गरिएका छन् । यसबाट इलाम र यहाँको पर्यटन बुभ्mन सबैले पाउने र आगामी दिनमा पर्यटन क्षेत्रमा चासो राख्नेलाई यसले सहयोग गर्ने आशा गरिएको छ । 

योबाहेक सोही तहको मूल पाठ्यक्रममा विवाह, सुरक्षित मातृत्व र शिशु स्याहार, सामाजिक कुरीति र विकृति, आयआर्जन, बहिनीलाई चिठी, पोषिलो खाना, रोगजस्ता विषय छन् । त्यस्तै हाम्रा मौलिक हक, कम्प्यूटर र इन्टरनेट, प्राथमिक उपचार, सहकारी, हाम्रा आँखा खुले, परिवारका इच्छा, मुद्राको चिनारी र योग तथा शारीरिक व्यायामजस्ता विषय तह दुईमा सिकाइ हुने गरी पाठ्यक्रममा राखिएका छन् । 

विद्यालय, सामुदायिक भवन वा व्यक्तिको घरमा समेत सञ्चालन गर्न सकिने यस्ता कक्षा चार महिनासम्म सञ्चालन हुनेछन् । पाठ्यक्रमलाई समेटेर जिशिका इलामले ‘निरन्तर शिक्षा’ नामक पुस्तकसमेत प्रकाशन गरिसकेको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन