२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्ने अभियान शुरु

२०७४, १ फाल्गुन मंगलवार ११:३८

फागुन १, नवलपरासी | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले नगर क्षेत्रभित्रका सबै प्रकारका प्राकृतिक स्रोत साधनको संरक्षण अभियान चलाएको छ । 

प्राकृतिक स्रोत साधनको संरक्षणका साथै अनधिकृत दोहन रोक्न, देशमै नमूना सन्देश प्रवाह गर्ने गरी रणनीति अघि बढाएको नगर प्रमुख चन्द्रबहादुर रानाले जानकारी दिनुभयो । 

अभियानअन्तर्गत नगर क्षेत्रभित्र रहेका खोलानालामा हाल हुँदै आएको दोहन, उत्खननलगायतका कार्य नियन्त्रण गरी प्राकृतिक स्रोत साधनको संरक्षण अभियान देशमै स्थानीय तहमध्ये पहिलो कार्य भएको मध्यबिन्दु नगरपालिकाले दाबी छ । 

सो बमोजिम खोलानालामा हुने उत्खनन तथा अतिक्रमणजस्ता कार्य नियन्त्रण गरी देशभरि सन्देश प्रभाव गर्न योजना बनाएर कार्य बढाएइको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले जानकारी दिनुभयो । 

जलवायु परिवर्तन समकालीन अन्तर्राष्ट्रिय मुद्दा हो । नेपालका चाँदी झैँ टल्कने सेता हिमालमा परेको प्रभाव महसुस गरी यस विषयमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन सन् २००९ डिसेम्बर ६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा मन्त्रिपरिषद्को बैठक बसेको थियो। 

खोलाजन्य प्राकृतिक साधन स्रोतको अतिक्रमण र दोहन पनि राष्ट्रिय सरोकारको विषय बनेको छ । यसलाई मध्यनजर गर्दै अतिक्रमणको शिकार बनेको अरुणखोलाको किनारमा नगर कार्यपालिकाको बैठक बसी प्राकृतिक स्रोत साधनलाई पूर्ण संरक्षण गर्ने अभियान शुरुवात्समेत गरेको कार्यालयले जनाएको छ । 

यसैबीच नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ मा कूल रु ४० करोड ८५ लाख ८३ हजार बराबर खर्च गर्ने लक्ष्य लिएको छ । 

कार्यालयका अनुसार यस नगरपालिकाको समग्र विकास निर्माणसहित चौतर्फी विकासका लागि सो बजेट खर्च गर्ने लक्ष्य लिइएको हो । चालू आवको हालसम्म कूल रकममध्ये पूँजीगत खर्च १३ दशमलव २४ प्रतिशत र सशर्ततर्फ ७४ दशमलव ६२ प्रतिशत र चालूमा २६ दशमलव ३० प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सेढार्इंले जानकारी दिनुभयो । 

विशेषगरी नगरपालिकाको विकास निर्माणसहित चौतर्फी विकासका लागि गुरुयोजना बनाएर कार्य गरिरहेको नगर प्रमुख रानाले जानकारी दिनुभयो । 

यसैगरी सो नगरपालिकाले देशभर सरसफाइको सन्देश प्रभाव गर्न नवलपरासीको बर्दघाट सुस्ता पूर्वदेखि हेटौँडासम्म क्षेत्रको फोहरमैला उचित र दिगो व्यवस्थापनका लागि महत्वपूर्ण योजना बनाउने तयारी गरेको छ । 

उक्त नगरपालिकाले १५ वटै वडामा शुद्ध खानेपानी विस्तार, सरकारी स्वामित्वका संस्थामार्फत निःशुल्क औषधि उपचार प्रदान गर्ने काम गरिरहेको जनाएको छ । 

नगरपालिकाले नगर क्षेत्रभित्र रहेका खोलामा विद्युतीय माध्यम वा विषादी प्रयोग गरी माछा मार्ने कार्यलाई नियन्त्रण गर्न अभियान चलाएको जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै