२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

एक सय पचहत्तर जना बिद्यार्थीलाई छात्रबृत्ति बितरण

१९ माघ २०७२, मंगलवार १०:०६

सन्तोषकुमार गुप्ता/ माघ १९, भालुवाङ ।  आर्दश उच्च माध्यमिक विद्यालय लालमटियामा अध्ययनरत एक सय पचहत्तर जना विद्यार्थीहरुलाई मंगलबार विद्यालयमै एक कार्यक्रमको आयोजना गरी छात्रबृत्ति वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १० सम्म अध्ययनरत विभिन्न बिषयगत शिर्षकमा उत्त छात्रबृत्ति रकम प्रदान गरिएको हो । जस अन्र्तगत कक्षा ९ र १० का १५ जना विद्यार्थीलाई जनही १७ सयका दरले २५ हजार ५ सय, कक्षा ६ देखि कक्षा १० सम्मका १ सय ४४ छात्राहरुलाई जनही ३ सय ६० का दरले ५१ हजार ८ सय ४० रुपैयाँ र कक्षा ६ देखि कक्षा १० सम्मका १६ जना दलित छात्र—छात्रालाई जनहस् ३ सय ८९ का दरले ६ हजार २ सय २४ रुपैयाँ छात्रबृत्ति वितरण गरिएको हो । जिल्ला शिक्षा कार्यालय दाङ्गको अनुदानमा बार्षिक कार्यक्रम अन्र्तगत यस बर्ष जम्मा एक लाख रुपैयाँ छात्रबृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।

विद्यालयका प्राचार्य दामोदर पाण्डेको अध्यक्षता एवम् शिक्षक अभिभावक संघका संयोजक बुद्धिराम चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा व्यवस्थापन समितीका सदस्य जोहरमान मियाँ, पत्रकार सन्तोषकुमार गुप्ता, शिक्षक दोर्ण जिसी लगायतका बक्ताले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षिक जिबराज शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो