२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा अति गरिबको निःशुल्क स्वास्थ्य बीमा

२०७४, २ फाल्गुन बुधबार १०:२२

फागुन २, बागलुङ | अति गरिबमा सूचीकृत परिवारका सदस्यले निःशुल्क स्वास्थ्य बीमाको सुविधा पाएका छन् । 

गरिबी परिचयपत्र नहुँदा लक्षित वर्गमै स्वास्थ्य बीमा नपुगेपछि सूचीकृत भएकै आधारमा बीमा गराइएको हो । स्वास्थ्य बीमा कार्यक्रमले परिचयपत्रका आधारमा अति गरिबलाई निःशुल्क बीमा गराउने व्यवस्था गरेको छ । सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट परिचयपत्र जारी नहुँदा विपन्न परिवार बीमा सुविधाबाट वञ्चित भएका थिए । 

परिचपयपत्र नआए पनि मन्त्रालयले अति गरिबको सूचीमा राखेका परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराइएको स्वास्थ्य बीमा बोर्ड प्रदेश नं ४ का संयोजक जीवलाल खरेलले बताउनुभयो । “लक्षित वर्ग नै बीमाको सुविधाबाट छुटेपछि मन्त्रालयले तयार गरेको सूचीका आधारमा सेवा दिइरहेका छौँ” संयोजक खरेलले भन्नुभयो । उहाँका अनुसार पहिलो चरणमा अति गरिब परिवारलाई मात्र निःशुल्क सेवा उपलब्ध गराइएको छ । 

गरिब परिचयपत्र वितरण हुनासाथ सबैखाले गरिब परिवारको स्वास्थ्य बीमामा सहज पहुँच पुग्ने संयोजक खरेलको भनाइ छ । प्रदेश नं ४ का ५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । 

बागलुङमा दुई वर्षअघि र कास्की, म्याग्दी, गोरखा र तनहुँमा यसै वषदेखि स्वास्थ्य बीमा कार्यक्रम शुरु भएको हो । सरकारले शुरुमा बागलुङ, इलाम र कैलालीमा स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको थियो । बागलुङमा हालसम्म पाँच हजार १७२ परिवारका २४ हजार ३५५ जना सदस्यको स्वास्थ्य बीमा भएको छ । 

अतिगरिब ५४४ परिवारका दुई हजार ८४५ सदस्य बीमा कार्यक्रममा जोडिएका छन् । बागलुङका दर्ता अधिकारी जमुनादेवी सापकोटाका अनुसार हालसम्म जिल्लाका १४ हजार ५३० जना विमित सदस्यले उपचार सेवा पाएका छन् । जिल्लामै र बाहिरसमेत गरी तोकिएका स्वास्थ्य संस्थाबाट सामान्यदेखि जटिल उपचार सेवा विमित सदस्यले पाउँदै आएका हुन् । अति गरिब परिवारका सदस्यलाई त झन निःशुल्क बीमाले ठूलो राहत मिलेको छ । 

“सामान्य परिवारले भने वार्षिक रु दुई हजार ५०० बीमा रकम बुझाउनुपर्ने व्यवस्था छ । सोबापत पाँच जनासम्मको परिवारले रु ५० हजारसम्मको उपचार सेवा निःशुल्क पाउने गरेका छन् । पाँच जनाभन्दा बढी सदस्य रहेमा प्रतिसदस्य रु ४२५ का दरले थप रकम तिर्नुपर्ने प्रावधान छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा