२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा पाठेघरको मुखको क्यान्सर परिक्षण गर्न निःशुल्क शिविर

२ फाल्गुन २०७४, बुधबार १५:०१

फागुन २, सल्यान । गाउँपालिकाभित्र पाठेघर सम्बन्धी समस्या भएका महिलाको संख्या अत्यधिक रहे पनि उनीहरुले रोग लुकाएर बसिरहेको भन्ने जानकारी पाउना साथ सल्यानको कपुरकोट गाउँपालिकाले शिविर सञ्चालन गरेको छ । 


गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर खस्ने, समस्या र पाठेघरको मुखको क्यान्सर परिक्षण गर्न बुधबार र विहिबार दुइदिनका लागी निःशुल्क शिविर आयोजना गरेको हो । शिविरको बुधबार स्वास्थ्य चौकी कपुरकोटमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका हुन् । 

सो अवसरमा उनले कम उमेरमा विवाह गर्नु, गर्भवती भएको बेला भारी बोक्नु, सुत्केरी स्याहार नपाउनु जस्ता कारणले पाठेघर तथा तल्लो पेट सम्बन्धी समस्या भएका महिला अत्यधिक हुने गरेको बताउँदै यसबारे चेतना फैलाउन जरुरी रहेको बताए । 

उनले कोहि पनि रोग लुकाएर बस्न नहुने जनाउँदै यी यस्ता शिविर सञ्चालन गरी नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरुले आगामी दिनहरुमा पनि पहल थाल्ने बताए । यस्तै कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले ग्रामीण क्षेत्रका महिलाको मुख्य समस्याको रुपमा पाठेघर सम्बन्धी रोग र समस्याहरुको निदानका लागि शिविर महत्वपुर्ण हुने बताइन् । 

यस्तै जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत खिमेन्द्र शाख्यले गाउँका महिलाले पाठेघर सम्बन्धी समस्या खुलेर नभन्ने र रोग लुकाएर बस्ने गरेकाले पनि यस सम्बन्धी सचेतना जरुरी देखेर आफ्नो कार्यालयको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको बताए । 

गाउँका आमा दिदीबहिनीहरु प्रसुति भएको महिना दिन नबित्दै काममा लाग्नुपर्ने, खानपिन र सरसफाई पनि नमिल्ने भएकाले पाठेघरमा छिट्टै सक्रमण हुने गरेको डाक्टर दिपक ढकालले बताए । गत माघ १६ गते आयोजना गरिएको स्वास्थ्य शिविरमा अधिकांशमा पाठेघरको समस्या देखापरेपछि गाउँपालिकाले यस सम्बन्धी शिविर राखेको हो । 

शिविरमा डा. ढकाल सहित जिल्ला स्वास्थ्य कार्यालयको ७ जनाको टोलि खटिएको कपुरकोट गाउँ स्वास्थ्य संयोजक अरुण दाहालले बताए । साथै उनले विहिबार सम्म शिविर सञ्चालन हुने भएकाले समस्यामा परेका महिलालाइ आएर निःशुल्क स्वास्थ्य लाभ लिन अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य