२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानमा पाठेघरको मुखको क्यान्सर परिक्षण गर्न निःशुल्क शिविर

२०७४, २ फाल्गुन बुधबार १५:०१

फागुन २, सल्यान । गाउँपालिकाभित्र पाठेघर सम्बन्धी समस्या भएका महिलाको संख्या अत्यधिक रहे पनि उनीहरुले रोग लुकाएर बसिरहेको भन्ने जानकारी पाउना साथ सल्यानको कपुरकोट गाउँपालिकाले शिविर सञ्चालन गरेको छ । 


गाउँपालिकाले आफ्नै लगानीमा पाठेघर खस्ने, समस्या र पाठेघरको मुखको क्यान्सर परिक्षण गर्न बुधबार र विहिबार दुइदिनका लागी निःशुल्क शिविर आयोजना गरेको हो । शिविरको बुधबार स्वास्थ्य चौकी कपुरकोटमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गरेका हुन् । 

सो अवसरमा उनले कम उमेरमा विवाह गर्नु, गर्भवती भएको बेला भारी बोक्नु, सुत्केरी स्याहार नपाउनु जस्ता कारणले पाठेघर तथा तल्लो पेट सम्बन्धी समस्या भएका महिला अत्यधिक हुने गरेको बताउँदै यसबारे चेतना फैलाउन जरुरी रहेको बताए । 

उनले कोहि पनि रोग लुकाएर बस्न नहुने जनाउँदै यी यस्ता शिविर सञ्चालन गरी नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरुले आगामी दिनहरुमा पनि पहल थाल्ने बताए । यस्तै कपुरकोट गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले ग्रामीण क्षेत्रका महिलाको मुख्य समस्याको रुपमा पाठेघर सम्बन्धी रोग र समस्याहरुको निदानका लागि शिविर महत्वपुर्ण हुने बताइन् । 

यस्तै जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन अधिकृत खिमेन्द्र शाख्यले गाउँका महिलाले पाठेघर सम्बन्धी समस्या खुलेर नभन्ने र रोग लुकाएर बस्ने गरेकाले पनि यस सम्बन्धी सचेतना जरुरी देखेर आफ्नो कार्यालयको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको बताए । 

गाउँका आमा दिदीबहिनीहरु प्रसुति भएको महिना दिन नबित्दै काममा लाग्नुपर्ने, खानपिन र सरसफाई पनि नमिल्ने भएकाले पाठेघरमा छिट्टै सक्रमण हुने गरेको डाक्टर दिपक ढकालले बताए । गत माघ १६ गते आयोजना गरिएको स्वास्थ्य शिविरमा अधिकांशमा पाठेघरको समस्या देखापरेपछि गाउँपालिकाले यस सम्बन्धी शिविर राखेको हो । 

शिविरमा डा. ढकाल सहित जिल्ला स्वास्थ्य कार्यालयको ७ जनाको टोलि खटिएको कपुरकोट गाउँ स्वास्थ्य संयोजक अरुण दाहालले बताए । साथै उनले विहिबार सम्म शिविर सञ्चालन हुने भएकाले समस्यामा परेका महिलालाइ आएर निःशुल्क स्वास्थ्य लाभ लिन अनुरोध पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै