२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा प्राकृतिक स्रोत साधनलाई संरक्षण गर्ने अभियान शुरु

२०७४, ३ फाल्गुन बिहीबार ०७:१२

फागुन ३, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले नगर क्षेत्रभित्रका सबै प्रकारका प्राकृतिक स्रोत साधनको संरक्षण अभियान चलाएको छ ।

प्राकृतिक स्रोत साधनको संरक्षणका साथै अनधिकृत दोहन रोक्न, देशमै नमूना सन्देश प्रवाह गर्ने गरी रणनीति अघि बढाएको नगर प्रमुख चन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।


अभियानअन्तर्गत नगर क्षेत्रभित्र रहेका खोलानालामा हाल हुँदै आएको दोहन, उत्खननलगायतका कार्य नियन्त्रण गरी प्राकृतिक स्रोत साधनको संरक्षण अभियान देशमै स्थानीय तहमध्ये पहिलो कार्य भएको मध्यबिन्दु नगरपालिकाले दाबी छ ।

सो बमोजिम खोलानालामा हुने उत्खनन तथा अतिक्रमणजस्ता कार्य नियन्त्रण गरी देशभरि सन्देश प्रभाव गर्न योजना बनाएर कार्य बढाएइको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंले जानकारी दिनुभयो ।

जलवायु परिवर्तन समकालीन अन्तर्राष्ट्रिय मुद्दा हो । नेपालका चाँदी झैँ टल्कने सेता हिमालमा परेको प्रभाव महसुस गरी यस विषयमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गराउन सन् २००९ डिसेम्बर ६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा मन्त्रिपरिषद्को बैठक बसेको थियोे ।

खोलाजन्य प्राकृतिक साधन स्रोतको अतिक्रमण र दोहन पनि राष्ट्रिय सरोकारको विषय बनेको छ । यसलाई मध्यनजर गर्दै अतिक्रमणको शिकार बनेको अरूणखोलाको किनारमा नगर कार्यपालिकाको बैठक बसी प्राकृतिक स्रोत साधनलाई पूर्ण संरक्षण गर्ने अभियान शुरुवात्समेत गरेको कार्यालयले जनाएको छ ।

यसैबीच नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिकाले चालू आर्थिक वर्ष २०७४÷७५ मा कूल रु ४० करोड ८५ लाख ८३ हजार बराबर खर्च गर्ने लक्ष्य लिएको छ ।

कार्यालयका अनुसार यस नगरपालिकाको समग्र विकास निर्माणसहित चौतर्फी विकासका लागि सो बजेट खर्च गर्ने लक्ष्य लिइएको हो । चालू आवको हालसम्म कूल रकममध्ये पूँजीगत खर्च १३ दशमलव २४ प्रतिशत र सशर्ततर्फ ७४ दशमलव ६२ प्रतिशत र चालूमा २६ दशमलव ३० प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत सेढार्इंले जानकारी  दिनुभयो ।

विशेषगरी नगरपालिकाको विकास निर्माणसहित चौतर्फी विकासका लागि गुरुयोजना बनाएर कार्य गरिरहेको नगर प्रमुख रानाले जानकारी दिनुभयो  ।

यसैगरी सो नगरपालिकाले देशभर सरसफाइको सन्देश प्रभाव गर्न नवलपरासीको बर्दघाट सुस्ता पूर्वदेखि हेटौँडासम्म क्षेत्रको फोहरमैला उचित र दिगो व्यवस्थापनका लागि महत्वपूर्ण योजना बनाउने तयारी गरेको छ ।

उक्त नगरपालिकाले १५ वटै वडामा शुद्ध खानेपानी विस्तार, सरकारी स्वामित्वका संस्थामार्फत निःशुल्क औषधि उपचार प्रदान गर्ने काम गरिरहेको जनाएको छ ।

नगरपालिकाले नगर क्षेत्रभित्र रहेका खोलामा विद्युतीय माध्यम वा विषादी प्रयोग गरी माछा मार्ने कार्यलाई नियन्त्रण गर्न अभियान चलाएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा