५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

तेह्रथुममा एकै आमाले जन्माइन् तिम्ल्याहा सन्तान

४ फाल्गुन २०७४, शुक्रबार ०२:५९

फागुन ४, तेह्रथुम । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । 

फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन्।

सिम्लेस्थित स्वास्थ्य चौकीमा सामान्य प्रसूतिबाटै बच्चा जन्मिए पनि बच्चाहरुको स्वास्थ्य अवस्था भने गम्भीर रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। 

मेनुकाले सामान्य प्रसूति सेवाबाटै एकै पटक तीन छोरालाई जन्म दिएकी सिम्ले स्वास्थ्य चौकीका इन्चार्ज देउकुमार राईले बताए। सात महिना १२ दिनमै जन्मिएका तीनवटै बच्चाको तौल कम छ। 

तौल कम भएका कारण उनीहरुलाई बचाउन मुस्किल हुने उनकाे भनाइ छ। अहिले पहिलो बच्चाले मात्रै दूध तान्न सकेको स्वास्थ्य इन्चार्ज राईले बताए। पहिलो बच्चाको तौल १.८ केजी तथा दोस्रो र तेस्रोको १.६ केजी रहेको छ । सामान्य अवस्थाको बच्चाको तौल कम्तीमा पनि २.५ केजी हुन्छ। 

बच्चा स्वस्थ राख्न इन्कुबेटरमा राखेर खुवाउने तथा श्वासप्रश्वासमा सहयोग पुर्याउन जरुरी हुन्छ। बच्चाहरुलाई जिल्लाबाहिर लैजान स्वास्थ्यचौकीले रेफर गरिसकेको छ। तर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण जिल्लाबाहिर लैजान नसकेको मेनुकाका श्रीमान् दिलबहादुर कार्कीले बताए। 

संखुवासभाको मादी स्थायी घर भई दुई वर्षदेखि यहाँ तरकारी व्यापार गर्दै आएकी कार्कीका यसअघि एउटा पनि सन्तान बचेका छैनन्। रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ