२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटिया २५ औँ पूर्ण खोप गाविस घोषणा

२०७२, १६ फाल्गुन आईतवार ०४:००

purna khop bhalibangसन्तोषकुमार गुप्ता/फागुन १६, भालुवाङ । लालमटिया गाविसलाई शनिबार पूर्ण खोप गाविस घोषणा गरिएको छ । लालमटिया स्वास्थ्य चौकी भालुवाङ्गको प्रगाणमा एक कार्यक्रमको आयोजना गरी पूर्ण खोप गाविस घोषणा गरिएको हो ।

लालमटिया गाविसको कुल जनसंख्या २७ हजार ३ सय २७ मध्ये ४ सय ११ जना बालबालिकाहरुले नेपाल सरकार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउँदै आएको विभिन्न खोपहरु प्रयोग गरे पछि पूर्ण खोप गाविस घोषणा गरिएको हो ।

लालमटिया गाविसमा रहेका कुल ४ सय ११ मध्ये दलित ३५, जनजाति २ सय २७, मधेसी १४, मुस्लिम ७ बाह्रमण क्षेत्री १ सय १ र अन्यमा २७ रहेको लालमटिया स्वास्थ्य चौकीले जनाएको छ । लालमटिया स्वास्थ्य चौकी व्यवस्थापन समितीका अध्यक्ष तथा लालमटिया गाविस सचिव दामोदर पोख्रेलको अध्यक्षता एवम् जिल्ला जनस्वास्थ्य कार्यालय दाङ्गका कार्यालय प्रमुख भुवन पौडेलको प्रमुख आतिथ्यमा भएको पूर्ण खोप गाविस घोषणा कार्यक्रममा स्वास्थ्य चौकी सह—इन्चार्ज तथा सियनियर अहेब नवराज न्यौपाने स्वास्थ्य तथा खोप सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

ओ अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय दाङ्गका कार्यालय प्रमुख पौडेलले पूर्ण खोप गाविस घोषणा भएको प्रमाण—पत्र लालमटिया गाविस सचिव दामोदर पोख्रेल र लालमटिया स्वास्थ्य चौकी इन्चार्ज झविलाल कडेललाई प्रदान गरेका थिए ।

लालमटिया स्वास्थ्य चौकी इन्चार्ज झविलाल कडेलको स्वागत मन्तव्य तथा महिला स्वास्थ्य स्वम्सेविका सरिता भुसाल र पम्फा अधिकारीको स्वागतबाट शुरु कार्यक्रममा बोल्ने बक्ताहरुले प्यूठान, रोल्पा, अर्घाखाँची लगायतका जिल्लाहरुको मुख्य नाका तथा हाईवे रोडमामा रहेको स्वास्थ्य चौकीको तत्काल स्तर बृद्धि गरी प्राथामिक स्वास्थ्य केन्द्र बनाउन आवश्यक पहल गर्न आग्रह गरेका थिए ।

उनीहरुले प्राथामिक स्वास्थ्य केन्द्र नभएकै कारण भालुवाङ्ग क्षेत्र तथा प्यूठान रोल्पा सडक खण्डमा हुने दुर्घटनाबाट दर्जनौ घाईतेहरुको अकालमा मृत्यु हुनेको बताएका थिए । उनीहरुले पूर्ण खोप गाविस घोषणालाई पूर्ण व्यवहारिक कार्यान्वयन गर्न सबै जना जिम्मेवार बन्न आग्रह समेत गरेका थिए ।

purna khop

कार्यक्रममा नेपाली काँग्रेसका दुर्योधन पाण्डे, नेकपा एमालेका शोभाखर भुसाल, एमाओवादीका धर्मराज अधिकारी, राप्रपा नेपालका बाबुराम मल्ल, फोरम लोकतान्त्रिकका गोरखनाथ कसौधन, राष्ट्रिय जनमोर्चाका होमप्रसाद शर्मा, नेकपा माओवादी क्रान्तिकारीका गणेश केसी, संघीय लोकतान्त्रिक मञ्च थरुहटका रामप्रसाद चौधरी, सिसहनियाँ स्वास्थ्य चौकीका इन्चार्ज शिवहरि शर्मा, गोबरडिहा स्वास्थ्य चौकीका इन्चार्ज रामशंकर मण्डल, नेपाल भारत मेत्री संघ भालुवाङ्ग उपशाखाका अध्यक्ष बहादुरकर्ण केसी, उच्च मावि मौरीघाटकी प्राचार्य सिता रिजाल, भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष हिमाली न्यौपाने, सामुदायिक प्रहरी सेवा केन्द्र लालमटियाका उपाध्यक्ष तथा सञ्चारकर्मी सन्तोषकुमार गुप्ता, पत्रकार केशव बोहरा, जमिर शाह, बिदुर एमसी, लालमटिया बाल सञ्जालकी अध्यक्ष शुशिला आचार्य र महिला स्वास्थ्य स्वम्सेविका मूल समिती अध्यक्ष सरिता भुसाल लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

गाविसलाई पूर्ण खोप गाविस घोषणा गर्न सहयोग पु¥याएको भन्दै महिला स्वास्थ्य स्वम्सेविका, स्वास्थ्य चौकी व्यवस्थापन समिती र कर्मचारीहरु गरी दुई दर्जन बढीलाई सम्मान समेत गरेको छ । कार्यक्रमको सञ्चालन लालमटिया स्वास्थ्य चौकी व्यवस्थापन समितीका सदस्यद्धय मानबहादुर कुमाल र परमेश्वरी ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै