सहकारी शिक्षा तथा डढेलो नियन्त्रणका लागि गोष्ठी सम्पन्न

Posted on: 05 Mar, 2016

सन्तोषकुमार गुप्ता/फागुन २२, भालुवाङ् । घण्टदेव सामुदायिक वन उपभोक्ता समूह मसरियाका कार्य समितीका पद्धाधिकारी, सल्लाहकार तथा उपभोक्ताहरुका लागि एक दिने डढेलो नियन्त्रण तथा सहकारी शिक्षा सम्बन्धी कार्यशाला गोष्ठी शनिबार मसुरियामा सम्पन्न भएको छ ।

नर्ती सामुदायिक वन समन्वय समिती लमही र नर्ती सामुदायिक वन वन वातावरण बहुउद्देश्यीय सहकारी संस्था लमहीको आयोजना एवम् तराई भु—परीधि कार्यक्रम ताल बाँकेको आर्थिक सहयोगमा भएको गोष्ठीमा आगलागीका कारण, नियन्त्रणका उपाय, सचेतना कार्यक्रम, आगो निभाउँदा ध्यान दिनु पर्ने कुरा, सुचना प्रदान, सहकारी संस्थाको आवश्यकता, महत्व, समाज तथा व्यक्तिमा पारेको प्रभाव लगायतका बिषयमा जानकारी गराउनुका साथै सहभागीहरु संग आगलागी हुनै नदिनका तथा सहकारी संस्थामा आवद्ध हुन तथा लाभ लिनका लागि छलफल समेत गरिएको थियो ।

गोष्ठीमा समूहका कार्य समितीका पद्धाधिकारी, सल्लाहकार तथा उपभोक्ताहरु गरी ३५ जना महिला पुरुषको सहभागिता रहेको थियो । गोष्ठीको सहर्जकर्तामा नर्ती सामुदायिक वन समन्वय समिती सचिव तथा डढेलो नियन्त्रण कार्यक्रमकी सदस्य तारा घिमिरे, नर्ती सामुदायिक वन वन वातावरण बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष जीवलाल खनाल र व्यवस्थापक गणेश चौधरी रहेका थिए ।

समूहका अध्यक्ष धर्मराज अधिकारीको अध्यक्षतामा भएको गाष्ठीमा भएको सहजीृकरण समूहका कार्यालय सचिव मुक्तबहादुर केसीले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!