२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

विवाहका दिन बेपत्ता भएका बेहुला बारे नयाँ तथ्य सार्वजनिक

२०७४, ४ फाल्गुन शुक्रबार १६:४८

फागुन ४, नवलपरासी | विवाहकै दिन बेपत्ता भएका बेहुला बारे जिल्ला प्रहरी कार्यालय नवलपुरले नयाँ तत्थ्य सार्वजनिक गरेको छ ।

गत माघ २२ गते रातिदेखि बेपत्ता भएका २९ बर्षीय बालकृष्ण खरेल एकाएक बेपत्ता भएका थिए । प्रहरीले अनुसान्धान गर्दै जाँदा अपहरणमा परेको आशंका गरिएका बेहुला बालकृष्ण खरेल आफूखुशी घर छाडेर भागेको पत्ता लागेको छ ।

प्रहरीले बालकृष्णको मोबाइलको लोकेसनको आधारमा खोजी गर्दा भारतमा  देखिएको र त्यही लोकेसनको आधारमा उनका बारेमा अन्य तथ्यहरु पत्ता लागेको जनाएको छ । बालकृष्णले संचालन गरेको फेसबुकको आधारमा भारतमा रहेको देखिएपछि भारतीय प्रहरीको सहायतामा अनुसन्धान थालिएको थियो । त्यसै क्रममा बालकृष्ण सुन्दर गेष्ट हाउस गोरखपुरमा गई माघ ७ गतेदेखि माघ २७ गतेसम्म एक्लै बसेको होटलको रजिष्टर रेकर्डमा देखिएको  छ । होटलमा राखिएको परिचयपत्रको फोटोकपी, होटलवाला र कामदारको भनाई र सिसिटिभी फुटेजको आधारमा समेत उनी त्यहाँ बसेको प्रमाणित भएको छ । होटलमा बालकृष्ण एक्लै बसेकाले उनि अपहरणमा नपरेको स्पष्ट भएको छ ।

अर्को कुरा बालकृष्णले आफूले विवाह गर्न लागेकी युवतीलाई समेत फेसबुकमार्फत म्यासेज पठाएपछि उनी अपहरणमा पुष्टि भएको छ । बालकृष्णले म्यासेजमा ‘सायद गडको चाहना नै यही थियो कि म तिम्रो लायक थिइन, सो आई कान्ट से सरी, बट आई एम रिएली सरी, म तिम्रो लागि सरी भन्न त सक्छु, माफीको लायक छैन’ भनेर लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा