२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

नारी दिवसमा सहभागी हुन आउँदै गर्दा ट्याक्टरको ठक्करबाट बृद्धको मृत्यु  

२५ फाल्गुन २०७२, मंगलवार ०९:२६

khanal desthसन्तोषकुमार गुप्ता/फागुन २५, भालुवाङ । टेक्टरको ठक्करबाट देउखुरीको लालमटिया—८ मसुरियामा आज बिहान एक महिलाको घटना स्थलमै ज्यान गएको छ ।

लालमटियाको मसुरियामा आयोजित नारी दिवसमा सहभागी हुन आउँदै गर्दा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु २ त १७५३ नम्बरको टेक्टरको ठक्करबाट बिहान ११ बजे लालमटिया—५ मौरीघाट निवासी बर्ष ६९ की शोभादेवी खनालको घटनास्थलमै ज्यान गएको हो ।

ठक्कर दिने टेक्टर र चालकलाई ईलाका प्रहरी कार्यालय भालुवाङ्गले आफ्नो नियन्त्रणमा लिएको छ । मृतक खनालको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा पठाइएको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख मदन केसीले जानकारी दिए ।

१०६ औँ नारी दिवसमा सहभागी हुन आउनु भएका शोभादेवी खनालको कार्यक्रम स्थल मसुरियामा टेक्टरको ठक्करबाट घटना स्थलमै ज्यान गएका भन्दै आज कार्यक्रम नै स्थगित गरिएको छ ।

नारी दिवसमा नारीको नै मृत्यु भयो त्यसैले उहाँको शोकमा यस बर्षको नारी दिवस नमाउने गरी स्थगित गरिएको लालमटिया गाविस स्तरिय महिला सञ्जालकी अध्यक्ष सरस्वती पोख्रेलले जानकारी दिए ।

कार्यक्रममा लालमटिया गाविस भरिका ५ सय बढी महिलाहरु आएको भए पनि खनालको मृत्यु पछि कार्यक्रम स्थगित भए पछि घर फर्केर गएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु