२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ महोत्सव सम्पन्न, साढे तीन लाख दर्शकद्वारा अवलोकन

३ चैत्र २०७२, बुधबार ०७:१२

pahilopageसन्तोषकुमार गुप्ता, चैत ३, दाङ । सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रदेशनम्वर पाँचको राजधानी दाङ नै हुने बताउनुभएको छ । पहिलो पेज अनलाइनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले राजधानीका लागि दाङ नै उपयुक्त भएकाले त्यसको आधार तयार पार्न सबै लाग्नुपर्ने बताउनुभयो ।

दाङ जिल्ला उद्योग वाणीज्य संघले आयोजना गरेको “दाङ व्यापारिक तथा पर्यटन महोत्सव एवं मध्यपश्चिम औद्योगीक कृषी मेला २०७२ को मंगलबार समापन कार्यक्रममा बोल्दै मन्त्री शर्माले जिल्लाको विकासमा यस क्षेत्रका सरोकारवालाहरु एक भएर लागिपरेको भन्दै उहाँले जिल्लाबासीको एकता दाङलाई राजधानी बनाउने कार्यमा पनि प्रदर्शन गर्नुपर्ने बताउनुभयो । दाङ धेरै सम्भावना हुँदाहुँदै पनि पछाडि परेको स्मरण गर्दै मन्त्री शर्माले अब जिल्लाको विकासका लागि क्षेत्रीयतावादी मानसिकता त्यागेर अगाडि बढ्न दाङबासीहरुलाई आग्रह गर्नुभयो । ‘अब विकासमा होइन विकासमा होइन, विचारमा राजनीति गरौं । क्षेत्रीयतावादी मानसिकताले हामी धेरै पछाडि परिसक्यौं’, मन्त्री शर्माले भन्नुभयो, ‘अझैं पनि क्षेत्रीयतावादी मानसिकता त्याग्न सकेनौं भने दाङले सबै सम्भावना गुमाउने छ ।’

दाङलाई राजधानी बनाउने मुद्दा मञ्चबाट फलाक्दैमा पुरा नहुने भन्दै उहाँले अब राजधानी बनाउने मागलाई जोरतोडका साथ उठाउनुपर्ने बताउनुभयो । राजधानी बनाउनका लागि दाङमा भौतिक संरचना अभाव देखिएको प्रष्ट्याउँदै उहाँले तुलसीपुर एयरपोर्ट, दाङ–सुर्खेत सडक खण्ड, सहिदमार्ग र घोराही–कमिरे चौर–प्यूठान सडक निर्माण यथाशक्य गर्नुपर्नेमा जोड दिनुभयो । सरकारको फास्टट्याक योजनाअन्तर्गत लमही–घोराही फोरलेन सडक, सहिद मार्ग निर्माणको योजना परेको भन्दै उहाँले दाङ–सुर्खेत सडक कालोपत्रे र सभाहल निर्माणलाई सरकारको फास्टट्याक योजनामा पार्ने प्रतिबद्धता जनाउनुभयो । सोमबार सम्पन्न मन्त्री परिषद्को बैठकले प्रत्येक प्रदेशको एक ठाउँलाई औद्योगीक क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरेको र पाँचनम्वर प्रदेशको नेपालगञ्ज, रुपन्देहीलाई औद्योगीक क्षेत्र बनाउने विषय उठेको भन्दै उहाँले दाङको कुन ठाउँलाई औद्योगीक क्षेज्ञ बनाउने हो भन्ने विषयले मुर्त रुप नलिँदा दाङको कुरा उठाउन नसकेको बताउनुभयो । साथै उहाँले दाङको कुन ठाउँलाई औद्योगीक क्षेत्र, कुन ठाउँलाई कृषि पकड क्षेत्र बनाउने भन्ने विषयमा निक्र्यौल निकाल्न जिल्लाका सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।

aaaa“उद्योग व्यापार कृषि एव. पर्यटनको विकास परनिर्भरमूखी अर्थतन्त्रको निकास” भन्ने मूल नाराका साथ फागुन २१ गतेदेखी सुरु भएको महोत्सवको राष्टिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले उद्घाटन गर्नुृभएको महोत्सवको सामान्य प्रशासन मन्त्री रेखा शर्माले समापन गर्नुभएको हो । १२ दिनसम्म सञ्चालन भएको महोत्सवमा १६ करोडभन्दा बढिको आर्थिक कारोबार भएको र साढे ३ लाख दर्शकहरुले महोत्सवको अवलोकन गरेको मूल समितिका सयोजक हेमराज बञ्जाडेले जानकारी दिनुभयो । महोत्सव आयोजक मूल समितिका संयोजक हेमराज बञ्जाडेको अध्यक्षता एवं सामान्य प्रशासन मन्त्री शर्माको प्रमुख आतिथ्यमा भएको महोत्सव समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, नेपाली कांग्रेसका जिल्ला सचिव शंकरप्रसाद डाँगी, एमालेका जिल्ला सचिव हुकुम बस्नेत, एकीकृतत नेकपा माओवादीका जिल्ला उपाध्यक्ष निर्मल आचार्य, नेकपा क्रान्तिकारी माओवादीका सुवास पुन, राप्रपाका त्रिभुवन थापा, जनमुक्ती पार्टिका ठाकुर रोका, थारु नेता शरण थारु, तुल्सीपुर उद्योग वाणीज्य संघका महासचिव नेत्र वली, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतम, नागरिक समाजका सदस्य सुशील गौतम, घोराही नगर विकास समितिका अध्यक्ष किरणकुमार रेग्मी, एनटिभीका अध्यक्ष महेश दाहाल, राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल लगायतले मन्तव्य राख्नुभएको थियो ।

महोत्सव आयोजक मूल समितिका सहसंयोजक नारायण भुषालले स्वागत गर्नुभएको कार्यक्रम सहभागीहरुलाई अर्का सहसंयोजक खड्गबहादुर बुढाथोकीले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण उद्याग वाणीज्य संघका महासचिव दिपक सुवेदी र सचिव सुशीलप्रकाश आचार्यले गर्नुभएको थियो । महोत्सव समापनका अवसरमा महोत्सव सफल पार्नकलाागी सहयोग गर्ने सम्पूर्ण संघसंस्था एवं व्यक्तिहरुलाई सम्मानपत्र र कदरपत्र प्रदान गरिएको थियो भने विभिन्न प्रतियोगीताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । त्यस अवसरमा महोत्सवको उद्घाटनको अवसर भएको शोभायात्राका सहभागी ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालय, बराहक्षेत्र संरक्षण धार्मीक समिति र पतञ्जली योग समितिलाई विशिष्ठ सम्मानका साथ पुरस्कार प्रदान गरिएको थियो । यस्तै शोभायात्रा सहभागी भएर र्धाीक र सांस्कृतिक झाँकीका प्रथम चिनारी महिला साझेदारी संस्था, द्धतिय जिवनज्योति कृषक समूह, तृतीय हुने मन्ठोरिया भवानी मन्दिरको बड्का नाच, र सान्त्वना हुने झरना महिला कृषक समूह र नमुना तरकारी उत्पादन समूहलाई पुरस्कार वितरण गरिएको थियो । यस्तै शैक्षकि संस्थातर्फ प्रथम गोरखा उमावि, द्धतिय हुने हिन्दु विद्यापीठ घोराही, तृतीय हुने सिद्धार्थ उमावि र सान्त्वना हुने लालीगुरास मावि र ज्ञानज्योति एजुकेशन एकेडेमीलाई पनि पुरस्कार प्रदान गरिएको थियो भने टोल विकास तफै प्रथम, द्धतिय, तृतीय र सान्त्वना हुने क्रमशः शान्तिनगर टोल िविकास संस्था, भगवति टोल विकास संस्था, झिगौरा टोल विकास संस्था र जिवनज्योति टोल विकास ंसंस्था र शिववस्ती टोल विकास संस्थालाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

लोकदोहोरी गीत प्रतिगीतामा प्रथम, द्धतिय, तीतृय र सान्त्वना हुने क्रमशः रोल्पा, दाङ, प्यूठान र बर्दिया लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई पनि पुरस्कार प्रदान गरिएको थियो । यस्तै महोत्सवमो साहित्य तथा पर्यटन उपुसमितिले आयोजना गरेको बाल कविता प्रतियोगीता, जिल्ला स्तरिय निवन्ध प्रतियोगीता र मध्यपश्चिम स्तरिय कविता प्रतियोगीताका विजेतालाई पनि पुरस्कार प्रदान गरिएको छ । जसमा बाल कविता प्रतियोगीतामा दिपशीखा उमाविका ऋषभ देवकोटा प्रथम, तुल्सी आमाविका सुवल घर्ति द्धतिय र सगरमाथा विद्यालयका सकुन्तला विक तृतीयलाई पुरस्कार प्रदान गरिउको छ । यस्तै जिल्ला स्तरिय निवन्ध प्रतियोगीतामा पद्मोदय उमाविका अनु शर्मा प्रथम, तुल्सी आमाविका कृष्टिना डाँगी द्धतिय, दिपशीखा उमाविका नितेस खनाल तृतीय र पपउमाविका टिना निरौला सान्त्वना हुनुभएको छ । त्यसैगरी मध्यपश्चिमस्तरियष् कविता प्रतियोगीतामा नारायणप्रसाद निरौला प्रथम, बासुदेव आचार्य द्धतिय र दिपा धिताल तृतीयलाई पनि पुरस्कार प्रदान गरिएको थियो । महोत्सवमा आज अन्तिम दिन कलाकारहरु चन्द्र शर्मा, राजु परियार, रेश्मा पुन, उमा गिरी, कमल गाउले, पिताम्वर रिजाल, देवकला बस्नेत लगायतले सांस्कृतिक प्रस्तुति राखेको सांस्कृतिक उपसमितिका संयोजक श्रीधर धितालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनआरएनएलाई नेपालमा बस्न १० वर्षसम्म भिसा शुल्क नलाग्ने च्याटजीपीका संस्थापकमाथि बहिनीलाई यौनशोषणको आरोप सुप्रिम सहकारी ठगी प्रकरण : रविलाई ४ करोड १५ लाख, छविलाई ४ करोड २७ लाख बिगो दाबी मेयर बालेनले सरकारसँग मागे नयाँ प्रमुख प्रशासकीय अधिकृत युके पठाइ दिन्छु भन्दै साढे ३१ लाख रकम ठगी गर्ने पक्राउ माधव नेपाल, प्रचण्ड र राजेन्द्र लिङ्देन छलफलमा जिबी राईलाई सबै दलले ल्याउन चाहेनन्, उनी आए पोल खुल्छः डा.दीक्षित वैदेशिक रोजगारीमा जाने श्रमिकलाई देशगत रूपमा अभिमुखीकरण तालिम दिन विभागको निर्देशन रवि लामिछानेविरुद्ध विरुद्ध बुटवलमा पनि मुद्दा दायर गरिंदै, प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन काठमाडौँमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु विश्वकपमा केही राम्रो छाप छोड्नेछौं : कप्तान पूजा महत्तो ३७ लाख धरौटी बुझाएर छुटिन् लिला अचानो प्रहार गरेर श्रीमतीको हत्या दोलखाबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना अदालतको आदेशले छुटे पनि रविको सांसद निलम्बन फुकुवा नहुने जहाजको टिकट नपाएपछि स्थलमार्गबाट काठमाडौं आउँदै रवि धनकुटामा पिकअप दुर्घटना, २ जनाको मृत्यु आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ?