२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

इलाममा हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने

६ फाल्गुन २०७४, आईतवार ०६:०२

फागुन ६, इलाम | इलाममा यो वर्ष अढाई लाख बढी जनसंख्यालाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ । 

जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई फागुन १२ देखि १४ गतेसम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन लागिएको जानकारी गराउनुभयो । 

हात्तीपाइले रोगलाई नेपालबाटै उन्मूलन गर्ने उद्देश्यले विगत छ वर्षदेखि सञ्चालन भइरहेको हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउने अभियानमा सबै पक्षलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो । 

औषधि सेवनका लागि एक हजार ९४४ वटा केन्द्रमा त्यत्तिकै संख्यामा स्वयंसेवक र ३६१ जना स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर विमल बरालले जानकारी दिनुभयो । 

सन् २०१८ बाट नेपालबाटै हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्य रहेअनुरूप वि.सं. २०६८ देखि यो रोगविरूद्धको औषधि खुवाउँदै आएको छ । जसअनुरूप इलाममा पहिलो वर्ष आव २०६८÷६९ मा ६६ दशमलव ४ प्रतिशत, ०६९÷७० मा ७० दशमलव २, २०७०÷७१ मा ८० दशमलव ०२, ०७१÷०७२ मा ८५ दशमलव ११, ०७२÷७३ मा ९० र २०७३÷७४ मा ९२ प्रतिशत प्रगति भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्लाका दानाबारी, चुलाचुली, बाँझो, साकफारा, जिर्मले, इरौंटार र महमाईलगायतका गाउँ यस रोगको उच्च जोखिममा रहेकोसमेत कार्यालयले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु