९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

भालुवाङ्ग खानेपानीको चुनाव चैत १५ गते

११ चैत्र २०७२, बिहीबार ११:३९

सन्तोषकुमार गुप्ता/ चैत्र ११, भालुवाङ्ग ।

गुरुङ्ग र कार्कीको प्यानल चुनावी मैदानमा, भालुवाङ्गमा चुनावी चहल पहल 

भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समिती भालुवाङ्गको नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयास असफल भए पछि चैत १५ गते सोमबार निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन प्रक्रिया अगाडी बढाईएको छ ।

khane pani

राजनितिकदल, उपभोक्ता तथा सरोकारवाला निकायबाट सके सम्म सहमतिबाट नयाँ कार्य समिती बनाउन केही दिनका लागि समय माग गरे पनि अन्नत सहमति हुन नसके पछि चैत १५ गते निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन प्रक्रिया अगाडी बढाईएको निर्वाचन समितीका संयोजक मानबहादुर कुमालले जानकारी दिए ।

निर्वाचन समितीको चैत ९ गते पुन बसेको बैठकले राजनितिक दलहरु बीच सहमतिको सम्भावना कम देखि पछि उनीहरु कै आग्रहमा निर्वाचन पक्रिया अगाडी बढाईएको संयोजक कुमालले जानकारी दिए । जस अन्र्तगत बिहिबार बिहान ८ बजे देखि दिउँसो १२ बजे सम्म मनोनयन दर्ता गर्ने निर्वाचन तालिका अनुरुप सो समय भित्र दुई वटा प्यानलले उम्मेद्धारी दर्ता गराएका छन् । जस अन्र्तगत नेपाली काँग्रेस र राष्ट्रिय जनमोर्चा सहितको एउटा प्यानल र एनेकपा माओवादी, बिप्लब माओवादी, बैद्ध माओवादी रहेको आर्को प्यानल चुनावी मैदानमा उत्रिका छन् ।

ज्स अन्र्तगत नेपाली काँग्रेसको नेतृत्वमा राष्ट्रिय जनमोर्चा सहितको प्यानलको अध्यक्षमा हस्तबहादुर गुरुङ्ग, उपाध्यक्षमा प्रकाश बस्नेत, सचिवमा बाबुराम थापा र कोषाध्यक्षमा चन्द्रप्रकाश आचार्य रहेका छन् । त्यस्तै सदस्यहरुमा हुमीकुमारी राना, शारदाकुमारी केसी, ऋषिराम बस्नेत, किशोरकुमार जिसी, नेत्रप्रसाद बेल्बासे, रामलाल कालाथोकी र आत्माराम पोख्रेल रहेको निर्वाचन समितीले जनाएको छ । जसमा अध्यक्ष, उपाध्यक्ष, सदस्य केसी र कालाथोकी नेपाली काँग्रेस तर्फका उम्मेद्धार हुन् । अध्यक्ष पदका उममेद्धार नेपाली काँग्रेस लालमटिया इकाई समितीका सचिव हुन् ।

त्यस्तै एकिकृत नेकपा माओवादी, बैद्ध माओवादी र बिप्लब माओवादी रहेको प्यानलको अध्यक्षमा टोपबहादुर कार्की, उपाध्यक्षमा गिरबहादुर घर्ती, सचिवमा मञ्जुर मियाँ र कोषाध्यक्षमा नारायणप्रसाद शर्मा रहेका छन् । त्यस्तै महिला सदस्यमा कमला तामाङ्ग, मिनाकुमारी जैसी, अन्य सदस्यहरुमा प्रैमप्रसाद सुवेदी, भिमलाल न्यौपाने, ऋषिराम पौडेल, गंगा गिरी र अमृता पुनमगर रहेको निर्वाचन समितीले जनाएको छ । जसमा अध्यक्ष कार्की एकिकृत नेकपा माओवादी लालमटिया गाउँ पार्टीका पूर्व उपाध्यक्ष तथा भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीका पूर्व बरिष्ठ उपाध्यक्ष हुन् ।

जसमा उपाध्यक्ष घर्तीमगर बिप्लब माओवादी र सदस्य गिरी बैद्ध माओवादी तर्फका उम्मेद्धार हुन् । त्यस्तै नयाँ कार्य समितीका लागि तीन जनाले स्वतन्त्र उम्मेद्धारी दिएका छन् । यसरी स्वतन्त्रण उम्मेद्धारी दिनेमा कोषाध्यक्ष पदका लागि नेपाली काँग्रेसकै केशवप्रसाद बोहारा र नेकपा एमालेका अन्नतराज पौडेल रहेको निर्वाचन समितीले जनाएको छ । त्यस्तै सदस्य पदका लागि बिमल शर्माले समेत उम्मेद्धारी दर्ता गराएको निर्वाचन समितीका संयोजक कुमालले जानकारी दिए ।

निर्वाचन तालिका अनुसार बिहिबार साँझा ५ बजे सम्म उम्मेद्धार माथि दाबी बिरोद्धको कार्यक्रम रहेको भए पनि निर्धारित समय सम्म कसैले कसैको उम्मेद्धार माथि दाबी बिरोद्ध नआएको निर्वाचन समितीका संयोजक कुमालले जानकारी दिए । त्यस्तै चैत १२ गते शुक्रबार बिहान ८ बजे देखि दिउँसो १२ बजे सम्म उम्मेद्धारी फिर्ता लिने, सोही दिन नै १२ बजे देखि १ बजे सम्म उम्ेद्धारको अन्तिम नामावली प्रकाशन र सोही दिन १ बजे देखि २ बजे सम्म उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान गर्ने संयोजक कुमालले जानकारी दिए ।

त्यस्तै चैत १२ गते शुक्रबार चुनाव चिन्ह प्रदान पछि चैत १४ गते राती १२ बजे सम्म चुनाव प्रचारप्रसार गर्ने संयोजक कुमालले बताए । त्यस्तै चैत १५ गते सोमबार बिहान ८ बजे देखि साँझा ५ बजे सम्म मतदान, मतदान पछि सोही दिन राती देखि नै मतगणा शुरु गरी राती नै मत परिणाम घोषणा संगै बिजउ उम्मेद्धार घोषणा गरिने निर्वाचन समितीले जनाएको छ । भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा हाल सम्म कुल उपभोक्ता घरधुरी मतदाता ९ सय ५५ रहेको निर्वाचन समितीको कार्यालयले जनाएको छ । यता उम्मेद्धारको मनोनयन दर्ता संगै भालुवाङ्गमा चुनावी चहलपहल बढेको छ । चिया पसल देखि चोक—चोकमा समेत बसेर कसले चुनाव जित्ने बिषयमा छलफल समेत बढेको छ ।

भालुवाङ्ग खानेपानीको निर्वाचनमा बाम तालमेल टुट्यो
बिगतमा स्थानिय संघसंस्थाको निर्वाचनमा पालैपालो नेतृत्व गर्ने गरी लालमटिया गाविसमा क्रियाशिल बामपन्थी दलहरु बीच भएको पुरानो सहमति भालुवाङ्ग खानेपानी तथा सरफाई उपभोक्ता समितीको निर्वाचन सम्म आई पुग्दा टुटेको छ । बिगतमा बामपन्थी दलहरुबाट धोका पाएको भन्दै राष्ट्रिय जनमोर्चा बाम तालमेलबाट अलग भए संगै बाम तालमेल टुटेको हो । राप्ती उद्योग बाणिज्य संघ भालुवाङ्गको निर्वाचनमा बामतालमेल गरेर अघि बढेका ती दलहरु भालुवाङ्ग खानेपानी तथा सरफाई उपभोक्ता समितीको निर्वाचन सम्म आई पुग्दा अलग—अलग चुनावी प्यानल बनाएर चुनावी मैदानमा उत्रिका छन् ।

एकिकृत नेकपा माओवादीले खानेपानी समितीको काँग्रेसले नेतृत्व गरी सकेकाले तथा पदीय दायित्वले पनि अध्यक्ष पछि बरिष्ठ उपाध्यक्षले नेतृत्व गर्ने नियम तथा बिगतमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र अन्य बामदलहरु संग भएको मौखिक सहमतिका अधारमा अहिले भालुवाङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितीको नेतृत्व आफूहरुले गर्न पाउनु पर्ने माग राखेकोमा हाम्रै बामपन्थी दलमा नेतृत्वको बिषयमा कुरा नमिले पछि बाम तालमेल टुटेको एकिकृत नेकपा माओवादी लालमटिया गाउँ पार्टी अध्यक्ष धर्मराज अधिकारीले जानकारी दिए । ती दलहरु संग बिगतमा राप्ती उद्योग बाणिज्य संघको अध्यक्षमा राष्ट्रिय जनमोर्चा, ऐरावती आर्दश बहुमुखी क्याम्पस सञ्चालक समितीको अध्यक्षमा नेकपा एमाले र खानेपानीको अध्यक्षमा एकिकृत नेकपा माओवादीको नेतृत्वमा सके सम्म सहमति गर्ने नभए चुनावी प्यानल बनाएर जाने गरी मौखिक सहमति भएकोले नैतिकताका हिसाबमा पनि हामीले नेतृत्वका लागि दाबी गरे पछि राष्ट्रिय जनमोर्चाले नमाने पछि बाध्य भएर बाम तालमेल टुटेको अधिकारीले भने । राजमो बाहेक अन्य बाम दल भने तालमेल गरेरै अघि बढ्ने समेत अधिकारीको भनाई छ ।
यता राष्ट्रिय जनमोर्चाले भने बिगतमा एमाले, एमाओवादी, राष्ट्रिय जनमोर्चा र अन्य दलहरु संग मोखिक सहमति भएको स्वीकार गदै त्यसको कुनै पालन नै नभएको बताएको छ । राष्ट्रिय जनमोर्चा क्षेत्र नम्बर २ का इन्चार्ज होमप्रसाद शर्माका अनुसार एमाओवादीले भने जस्तो सहमति लागु नभएको कारण अहिलेको अवस्थामा उक्त सहमतिको कुनै अर्थ नरहेको जानकारी दिए ।

बिगतमा राप्ती उद्योग बाणिज्य संघको निर्वाचनमा राष्ट्रिय जनमोचाको नेतृत्वमा सयुक्त प्यानल बनाएर चुनावमा जाँदा अध्यक्ष जगतप्रसाद पोख्रेललाई हराएर सोही प्यानल कै बाँकी उम्मेद्धार भारी मतले बिजय गराउने कुनै सहमति हुन्छ र शर्माले भने । हामीलाई हराएर अहिले पूर्व सहमतिको कुरा गर्नुको कुनै अर्थ छैन शर्माले भने । बामताल मेलले फाइदा हुनुको साटो उल्टै हराउने काम भयो त्यसैले हामीले बामतालमेलको कुनै अर्थ देख्नौँ शर्माले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो