२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

लालमटियामा २३ औँ विश्व खानेपानी दिवस मनाईयो

२०७२, ११ चैत्र बिहीबार ११:५०

सन्तोषकुमार गुप्ता, चैत्र ११, भालुवाङ्ग । पानीको मुहान संरक्षण गर्न वातावरणमैत्री व्यवहार बनाउनुको बिकल्प नरहेको लालमटियामा आयोजित एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । “गुणस्तरिय पानी राम्रो काम, पानी महिला आजिविका” भन्ने मुल नाराका साथ देउखुरीको लालमटियामा मंगलबार २३ औँ विश्व पानी दिवस कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

pani

उनीहरुले जब सम्म हामीले गर्ने व्यवहार बातावरणमैत्री हुदैन तब सम्म खाने पानीको मुहान संरक्षण हुँदैन त्यसैले पानीको मुहान संरक्षण गर्न सबैले वातावरण संरक्षण गर्नु पर्ने बताएका थिए । खानेपानी आयोजनाहरु धेरै निर्माण भए पनि खानेपानी भने प्याप्त हुन नसकेको उनीहरुको भनाई थियो । पानी सबैको अति आवश्यक चीज हो, यसलाई सबैले संरक्षण गर्नुे पर्ने समेत बताएका थिए ।

गाविस स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिती लालमटिया तथा जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिती दाङ्गको सयुक्त आयोजना एवम् जिल्ला खानेपानी उपभोक्ता महासंघ दाङ्गको आर्थिक सहयोगमा पूर्ण सरसफाई अभियानमा गुणस्तरिय पानीको उपभोग बिषयक अन्तरक्रिया कार्यक्रमका साथ विश्व पानी दिवस मनाईएको हो ।

लालमटिया गाविस स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितीका अध्यक्ष तथा लालमटिया गाविस सचिव दामोदर पोख्रेलको अध्यक्षता एवम् जिल्ला खानेपानी उपभोक्ता महासंघ दाङ्गकी अध्यक्ष पुष्पा श्रेष्ठको प्रमुख आतिथ्य तथा जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङ्गकी सबइन्जीनियर देबका गौतमको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

महासंघका सदस्य बलदेव मल्लको स्वागत मन्तव्य तथा बिषय प्रवेशबाट शुरु भएको कार्यक्रममा राप्रा नेपालका बाबुराम मल्ल, थरुहट तराई पार्टी नेपालका सनिराम चौधरी, लालमटिया बृहत्त खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष कृष्णबहादुर गिरी, लालमटिया खानेपानी तथा सरसफाई उपभोक्ता समितीकी शारदा भुसाल, श्रीचोर खानेपानी तथा सरसफाई उपभोक्ता समितीका सचिव दलबहादुर घर्तीमगर, आँपखोली खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष पदमबहादुर पुन, नयाँगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका उपाध्यक्ष रेशमबहादुर मल्ल, जेठानगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितीका अध्यक्ष शान्तराम कुमाल, मुक्त कमैयाँ समाजका केन्द्रिय सदस्य टेकबहादुर रावत, राप्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष गेमबहादुर खड्का, कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जोहरमान मियाँ, पत्रकारद्धय सन्तोषकुमार गुप्ता, बिदुर एमसी र जिल्ला खानेपानी उपभोक्ता महासंघका गोबरडिहाका सहजकर्ता राधेश्याम थारुकुमाल लगायतका वक्ता शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला खानेपानी उपभोक्ता महासंघकी कार्यक्रम अधिकृत सिता पाण्डेले गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै